• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘विप्लव’ समूहका डोटी जिल्ला कमिटी सदस्य पक्राउ

‘विप्लव’ समूहका डोटी जिल्ला कमिटी सदस्य पक्राउ


समायोजन खबर
  • शुक्रबार, कार्तिक १ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर डोटी,

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला कमिटी सदस्य ३८ वर्षीय कृष्ण छेडाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाका अनुसार जोरायल गाउँपालिका ६ दह घर भएका छेडाललाई उनकै घरबाट पक्राउ गरिएको हो ।

    केही महिनाअघि जोरायल गाउँपालिका २ को वडा कार्यालयको भवन जलाएको आरोपमा छेडालको नाममा प्रहरीले किटानी जाहेरी दिएर पक्राउका लागि जिल्ला अदालत डोटीबाट आदेश माग गरेको थियो । अदालतले पक्राउ गर्न आदेश दिएपछि नियमित गस्तिमा रहेको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।  छेडाल लामो समयदेखि विप्लव नेकपाको गतिविधिमा संलग्न रही भूमिगत अवस्थामा रहेको प्रहरीको दाबी छ ।

    २०७६ कार्तिक १ गते साँझ ५ : २३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology