• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साईकलयात्री श्रेष्ठ सम्मानित

साईकलयात्री श्रेष्ठ सम्मानित


चिसाङ शेर्पा
  • शुक्रबार, कार्तिक १ २०७६

  • सम्मान पश्चात सामूहिक तस्विरमा साईकलयात्री श्रेष्ठ र अतिथिहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    साईकलयात्री कर्णकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । ‘भ्रष्टाचार मुक्त समाजको निर्माण गरौं, धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रवद्र्धन गरौं’ भन्ने मुल नाराका साथमा नेपालको ७७ जिल्लामा सकुशल साईकल यात्रा गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले डाडाँखर्कका श्रेष्ठलाई उधोग वाणिज्य संघ खोटाङले सम्मान गरेको हो । वाणिज्य संघको साधारण सदस्य समेत रहेका उनले २०७५ सालको चैत्र ३ गते दिक्तेलबाट साईकलयात्रा सुरु गरेका थिए ।


    शुक्रबार वाणिज्य संघको कार्यालय दिक्तेलमा साईकलयात्री श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले खादा ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए । साईकलयात्राका क्रममा देशभरीको वाणिज्य संघले खानेवस्ने व्यवस्था मिलाई दिएपछि ९ असोजमा उनले साईकलयात्रा समापन गरेका थिए । वर्षा र भीर पहिरोका कारण पाँचवटा जिल्लाको सदरमुकाम टेक्न सकिन, साईकलयात्री श्रेष्ठले भने, “संमृद्ध समाज बनाउन सबै नागरिक एक हुनुपर्छ, राजनीतिक दललाई मात्रै देश जिम्मा दिनुभएन, संघसंस्था, नागरिक सवै माथि उठ्नुप-र्याे ।”

    सम्मान पश्चात सामूहिक तस्विरमा साईकलयात्री श्रेष्ठ र अतिथिहरु । तस्विर चिसाङ शेर्पा

    वाणिज्य संघको विशेष पहलमा ७७ जिल्ला भ्रमण गरेका उनले यात्राका क्रममा आएका आरोहअवरोह सुनाएका थिए । साईकल यात्राको क्रममा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसार गर्ने काम गौरवको विषय भएकोे प्रतिनिधिसभा सदस्य भट्टराईले बताउनुभयो । वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, नेकपाका नेता कुमार आचार्य, समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापा, वाणिज्य संघका वर्तमान तथा पूर्व पदाधिकारीको उपस्थिती थियो ।
    २०७६ कार्तिक १ गते साँझ ५ :१३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology