• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आँखा खोलेर जनताका लागि भएका काम हेर्न प्रधानमन्त्रीको आग्रह

आँखा खोलेर जनताका लागि भएका काम हेर्न प्रधानमन्त्रीको आग्रह


समायोजन खबर
  • बुधबार, असोज २९ २०७६

  • केपी शर्मा ओली

    समायोजन खबर काठमाडौं,

    प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थ भएकाहरुले आँखा चिम्ले केही पनि भएन भन्ने गरेको बताउँदै आँखा खोलेर जनताका लागि भएका काम हेर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार भृकुटिमण्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘आफ्नो स्वार्थ भएकाहरुले आँखा चिम्लेर केही पनि भएन भन्ने गरेको बताउँदै उनीहरुलाई आँखा खोलेर जनताका लागि भएका काम हेर्नुपर्छ ।’

    उनले ’जनताका लागि धेरै काम भएका छन् । जस्तै बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत छन्,’ भने ।

     

    उनले भने, ’हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ ।’ छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको प्रधानमन्त्री बताए । प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध रहेको चर्चा गर्दै विविधतामा एकता रहेको बताए ।

    २०७६ असोज २९ गते साँझ ५ : १० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology