समायोजन खबर काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका लागि प्रस्थान गरेकी छिन्। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर उनले शीलत निवासदेखि विमानस्थलसम्म पुग्न हेलिकोप्टरको प्रयोग गरेकी छिन्। यसअघि सडक मार्ग भएर विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी म्यानमार जाने क्रममा बुधबार बिहान हेलिकोप्टरमार्फत विमानस्थल पुगेकी हुन् ।

म्यानमारको ४ दिने राजकीय भ्रमणमा जान लागेकी भण्डारीले नेपाली सेनाले भिभिआइपीका लागि भन्दै केही समयअघि खरिद गरेको हेलिकोप्टर प्रयोग गरेकी हुन्। राष्ट्रपति कार्यालयका सूचना अधिकारी श्रीधर गौतमका अनुसार विमानस्थल पुग्न राष्ट्रपतिले हेलिकोप्टर प्रयोग गरेको यो पहिलोपटक भने होइन। उनले ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर राष्ट्रपतिले हेलिकोप्टर प्रयोग गरेको बताए।
२०७६ असोज २९ गते मध्यान्ह १ : २७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology