• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दशैंलगत्तै राष्ट्रपति म्यानमार र जापान भ्रमणमा निस्कदै

दशैंलगत्तै राष्ट्रपति म्यानमार र जापान भ्रमणमा निस्कदै


समायोजन खबर
  • सोमबार, असोज १३ २०७६

  • राष्ट्रपति विद्यादेवी भण्डारी

    समायोजन खबर काठमाडौं,

    राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक म्यानमार र जापानको भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार म्यानमारको औपचारिक भ्रमणपछि राष्ट्रपति जापान जाने गरी भ्रमण तालिका बन्दैछ ।

     

    म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी अक्टोबर तेस्रो साताअघिनै औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भएपछिमात्र राष्ट्रपति भण्डारीको म्यानमार तथा जापानको भ्रमणको मिति निश्चित हुने सम्भावना छ । परराष्ट्र स्रोतले भन्यो ‘राष्ट्रपति भण्डारी अक्टोबर दोस्रो सातानै जाने भनिएको हो तर चीनका राष्ट्रपतिको भ्रमण त्यही बेला पर्‍यो भने एक दुई दिन सर्न सक्छ । तेस्रो साताअघिनै म्यानमार हुँदै जापान जाने कार्यक्रम छ ।’

     

    प्रधानमन्त्री निकट स्रोतका अनुसार चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा काठमाडौं आउने सम्भावना छ । यद्यपी दुवै पक्षले अहिलेसम्म औपचारिक रुपमा पुष्टि गरेका छैनन् । सी अक्टोबर ११ मा आए भने राष्ट्रपति भण्डारी अक्टोबर १४ वा १५ मा म्यानमारतर्फ लाग्ने सम्भावना छ । म्यानमारका राष्ट्रपतिले गत वर्ष नेपाल भ्रमण गरेका थिए । जापानमा भने राष्ट्रपति भण्डारी त्यहाँका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुने कार्यक्रम छ । समारोहमा विश्वभरका नेताहरुलाई बोलाइएको छ ।

     

    जापान नेपालको विकास साझेदार तथा निस्वार्थ सहयोग गर्ने मुलुक भएकाले राज्यभिषेकमा राष्ट्रपति जाने तय भएको हो । राष्ट्रपति कार्यालयका एक अधिकारीले म्यानमार र जापान भ्रमण हुने पुष्टि गरे पनि मिति भने सरकारले तय गर्ने बताए । राष्ट्रपति भण्डारीको भ्रमणलाई सरकारले पनि उच्च प्राथमिकता दिएको छ ।

    २०७६ असोज १३ गते राती ९ : ३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology