• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संसदको चौथो अधिवेशन सकियो

संसदको चौथो अधिवेशन सकियो


समायोजन खबर
  • बिहिबार, असोज २ २०७६

  • फायल तस्विर

    समायोजन खबर,

    बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन विहिबार अन्त्य भएको छ । गत वैशाख १६ गते सोमबारबाट सुरु भएको अधिवेशन आज सकिएको हो । यो अधिवेशन १ सय ४४ दिन चलेको थियो भने २ पटक राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक बसेको थियो ।

    आजै राष्ट्रियसभाको अधिवेशन पनि सकिएको छ । यस अधिवेशनमा १७ वटा सरकारी विधेयक दर्ता भएकोमध्ये ७ वटा दुवै सदनबाट पारित भयो  । त्यसैगरी ५ वटा विधेयक सभामा पेश हुन बाँकी छ भने४ वटा विधेयक विभिन्न समितिमा विचाराधीन समेत छन् ।

     

    प्रतिनिधिसभाको दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १९ विधेयकमध्ये ८ वटा दुवै सदनबाट पारित भएका छन् । ६ वटा विधेयक समितिमा विचारधीन छन् । मिडियासम्बन्धी विधेयक, नागरिकता विधेयकलगायतका विधेयकहरुभने थाती रहेका छन् । संसदमा दर्ता भएको गुठी विधेयक भने जनता तथा विपक्षीको ठूलो विरोध भएपछि सरकार आफैंले फिर्ता लिएको छ । चरम दबाबको बाबजुद सरकारले गुठी राष्ट्रियसभाबाट फिर्ता गरेको थियो ।

    २०७६ असोज २ गते साँझ ५ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology