बिक्री हुन छोड्यो माटाका भाडा

बिक्री हुन छोड्यो माटाका भाडा

कुमाल पेशा लोप हुंदै




चिसाङ शेर्पा खोटाङ,
आधुनिक प्रविधिका भाडाहरु बजारमा आउन थालेपछि माटाबाट बन्ने भाडाहरु थोरै बिक्री हुने गरेकोे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा बन्ने माटाका भाडाहरु पहिलाको तुलनामा कम विक्री भएकोे हो । यससँगै माटाका भाडा बनाउने पेशा संकटमा पर्दै गएको छ ।

करीव २०२० सालदेखी स्थानीय स्तरका कच्चा पदार्थ प्रयोग गरि बनाईने माटाका भाडाहरु निकै कम मात्रामा विक्री हुन थालेको विगत वर्षदेखी भाडा बनाउदै आएका ललित बहादुर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सिल्भर, स्टिल, प्लाष्टिकजन्य सामानले बजार भरिभराउ भएपछि माटाका भाडाहरु विक्री हुन छोडेका छन् । सामान विक्री हुन छोडेपछि उनले चलाउदै आएको चार वटा घुमाउने चक्र (माटाका भाडा बनाउने मेसिन) मध्ये अहिले दुईवटा मात्रै चलाउने गरेका छन् ।


एक ताका सिङगै गाउँलेहरु माटाका भाडा बनाउने पेशामा आबद्ध थिए । त्यो बेला बजार पनि राम्रो थियो । तर, अहिले ह्वात्तै बजार खस्केको छ । थोरै समयमा बनाउन सकिने तथा कम मूल्यमा विक्री हुने र वातावरणीय रुपमा असर नगर्ने माटाका भाडाहरु कम मात्रामा विक्री हुन थालेपछि उनीहरुमा निराश छाएको छ । श्रेष्ठ जस्तै त्यस गाउँका दुर्गा बहादुर श्रेष्ठ, पुन बहादुर श्रेष्ठ, कर्ण बहादुर श्रेष्ठले बनाएका माटाका भाडाहरु दिक्तेलबजारको शनिबार र बुधबारे हाटमा विक्रीका लागि ल्याइने गरेको छ । तर, एकदम कम विक्री भएकाले पुन घरै फर्काएर लानुपर्ने तथा डेरा लिएर राख्नुपर्ने बाध्यता रहेको स्थानीय रोमन श्रेष्ठले बताए ।


माटोबाट फुङा, डुबुल्की, हाँडी, खुत्रुके, घैला, गाग्रो, मटिया, ढकनी लगायतका सामानहरु बनाउने गरेका छन् । पहिले एकै दिनमा ६÷७ हजारको विक्री हुने अहिले दिनमा तीन हजारको विक्री हुने गरेको छ । माटाका भाडामा राखेका दही, मही, घ्यु राख्दा लामो समयसम्म नबिग्रने, दाल पकाउदा छिटो पाक्ने, मकै भुटेर खादा मिठो हुने, पानी चिस्साएर राख्न उपयोगी हुने कुमाल पेशा अपनाउदै आएको पुन बहादुर श्रेष्ठले सुनाए । पुर्खौली पेशालाई बचाउदै आए पनि आधुनिकता र लिसाईलो माटा पाउन छोडेपछि माटाका भाडा बनाउने पेशा लोप भएर जाने अवस्था आउन थालेको स्थानीयहरु बताउछन् । चिनारीका लागि भए पनि यस्ता पूराना पेशालाई जर्गेना गरेर राख्नुपर्ने बुद्धिजीविहरुको भनाई छ ।


२०७६ भदौ २४ गते दिउँसो ४ :४६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology