समायोजन खबर काठमाण्डौ,
शेर्पा इभेन्टको पहिलो बैठकले समुदायमा भएका शेर्पा युवाहरुमा आफ्नो भाषा, संस्कार, संस्कृतीलाई एकिकृत गर्ने उदेश्य साथ सकारात्मक एवम् रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ । गत साउन महिनामा गठन भएको समितिले काठमाण्डौमा एक बैठक सम्पन्न गर्दै सो निर्णय गरेका हुन् ।
मानव सभ्यताको बिकासँंगै विभिन्न अवसरहरूको खोजिमा नेपालका विभिन्न जिल्लाहरूबाट राजधानी काठमाण्डौंमा बसोबास गरिरहेका शेर्पाहरूलाई गाउँ क्षेत्रको विकास, आफ्नो जातिको कला संस्कृति र रीतिरिवाजलाई प्रवद्र्धन तथा प्रचारप्रसार गराउनमा समिति एक भएको अध्यक्ष नुरु शेर्पाले बताए ।
पछिल्लो समयमा शेर्पा समुदायका युवापुस्ताबाट टाढिदै गईरहेको भाषा पहिचानलाई संरक्षण, संम्वद्र्धन, समुदायमा लोप हुदै गइरहेको शेर्पाहरुको चाडपर्व र शेर्पा पहिचानलाइ जगेर्ना गर्ने तथा शेर्पा युवाहरुलाइ एकताको माझ ल्याउन शेर्पा इभेन्ट समिति गठन भएको हो ।
२०७६ भदौ १३ गते बिहान ८ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology