साप्सु खोलामा पुल उद्घाटन

साप्सु खोलामा पुल उद्घाटन




समायोजन खबर खोटाङ,
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने पक्की पुल उद्घाटन गरिएको छ । ठेकेदारको चरम ढिलासुस्तीका कारण म्याद गुज्रेको २१ महिनापछि तयार भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोला (दोश्रो) पुल बुधबार प्रदेशसभा सदस्य रामकुमार राईले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

दिक्तेल–खोटाङबजार सडक खण्ड अन्तरगत पर्ने साप्सु खोलामा २०७३ मंसिर २२ गते शिलान्यास गरिएको पुलको म्याद २०७४ साल कार्तिकमै गुज्रिएको थियो । नेपाल सरकार स्थानीय पुर्वाधार बिकास तथा कृषि सडक बिभागको २ करोड ३० लाख ३६ हजारको खर्चमा साप्सु खोला (दोश्रो) तयार भएको हो । १८ महिनाभित्र पूरा गर्नेगरी २०७३ साल बैसाख १७ गते सम्झौता गरिएको पुलको काममा चरम ढिलासुस्ती भएपछि निर्माण कम्पनी गजुरमुखी/हरिहरि निर्माण सेवा जेभीको प्रतिनिधि परिवर्तन गरेर पुल निर्माणको कामलाई पूर्णता दिइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए ।

 

ढिलैभए पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका जोड्ने सडकमा पर्ने पुल उद्घाटनले स्थानीय उत्साहित बनेका छन् । म्याद गुज्रेको १५ महिना बित्दा समेत पहिलो निर्माण कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको पहिलो प्रतिनिधिले पुल निर्माणको काम पूरा गर्ने छाँट नदेखाएपछि साकेला गाउँपालिकाको पहलमा २०७५ चैतमा दोभान निर्माण सेवाका सञ्चालक सुरज बस्नेतलाई कामको जिम्मा दिइएको थियो ।
२०७६ भदौ ११ गते राती ८ : १३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology