चिसाङ शेर्पा खोटाङ,
अस्पतालमा पैसा तिर्न नसकेपछि खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका गंगा बहादुर मगर सात महिनादेखी कुवेतको एक अस्पतालमा थन्किएका छन् । सडक दुर्घट्नमा परेका मगर कुवेतको जाहार अस्पतालमा थन्किएका हुन् ।

अस्पतालमा थन्किएका मगरलाई खोटाङको रावाबेशी गाउँपालिका–१ कुभिण्डे गोपिनीका योगेश गुरुङ लगायतले भेटेका हुन् । साथीको उपचारका क्रममा अस्पताल पुग्दा उनीसँग भेट भएको हो । मगरलाई अस्पतालबाट बाहिरीनका लागि १५ सय दिनार नेपाली ६ लाख रुपैयाँ लाग्ने गुरुङले बताए ।
कुवेतमा सडक दुर्घनामा परेकालाई प्रहरीले अस्पतालसम्म पु-याइदिने गर्छ । अस्पताल पु-याइए पनि मगरको राम्रो उपचार नहुंनाले मानसिक सन्तुलन ठिक नभएको अनुमान गरिएको छ । मगर नेपालबाट कुन मेनपावरदेखी कुन कम्पनीमा कहिले कुवेत गएको भन्ने खुल्न सकेको छैन । उनको साथमा राहदानीको एकप्रति फोटोकपी छ ।
२०७६ भदौ ५ गते दिउँसो ४ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology