• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घर टहरा हटाउने अभियान निरन्तर

घर टहरा हटाउने अभियान निरन्तर


चिसाङ शेर्पा
  • सोमबार, भाद्र २ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मापदण्ड विपरीत बनाईएका घर-टहरा हटाउने कार्यलाई जोडदारका साथमा निरन्तरता दिने भएको छ । २० साउनबाट मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी सडकखण्ड, दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्ड तथा दिक्तेवजारभित्र मापदण्ड विपरीत बनाइएका घर-टहरा हटाउने अभियानलाई पुनः निरन्तरता दिने भएको हो ।

    दिक्तेलको अल्छेढुंगा, रत्नपार्क, बाम्राङमा हालसम्म नगरपालिकाले मापदण्ड विपरीत बनेका १३ टहरा र दुई वटा घर भत्काएको छ । सुरुवातबाट नै नगरपालिका कडाइ रुपमा उत्रिएपछि केही टहरा तथा घर आफैले भत्काएर नगरपालिकालाई सहयोग गरेको नगरपालिकाले गर्दै आएको ‘सुशासनका लागि मिट द प्रेस’मा जानकारी गराईएको छ । त्रिवेणीचोकमा रहेको एक घर र रत्नपार्कस्थित जिरोप्वाइन्टमा रहेको एक घर, एक टहरा स्थानीय आफैले भत्काएका थिए ।


    दिक्तेलबजारमा मापदण्ड विपरीत बनेका सातवटा घर तथा टहरा रहेको नगर प्रमुख दिपनारायण रिजालले बताए । अल्छेढुंगामा दुई वटा घर मापदण्ड विपरीत छन् । मुआब्जा लिएका तर घर नभत्काएहरु समेत रहेको छ । नगर प्रमुखका अनुसार दिक्तेल अल्छेढुंगाका प्यारीमाया शर्किनी बाहेक भत्काईएका टहरा तथा घरहरुले मुआब्जा लिइसकेका हुन् । नुनथला क्षेत्रमा ठूलो संख्यामा मापदण्ड विपरीत बनेका टहरा तथा घर भएको र त्यसको पहिचान गर्ने काम भइरहेको छ ।

    टहरा हटाउने कामपछि मापदण्ड विपरीत बनेका घरहरु भत्काईनेछ । नगरपालिकालाई सुन्दर र सवारी सुरक्षामा सहयोग पुग्ने हुनाले मापदण्ड विपरीत बनेका संरचनाहरु नगरपालिकाले भत्काउन थालेको हो । मध्यपहाडी लोकमार्ग सडकको दायाँबायाँ ३१/३१ मिटर र बजारभित्र ८ मिटर छोडेर भौतिक संरचना बनाउन तथा घर, टहरा बनाउँदा नगरपालिकासँग नक्सा पास गरेर मात्रै बनाउन पाईने नगरप्रमुख रिजालले बताए ।

     

    यस्तै, विचौलिया मौलाउन नदिन नगरपालिकाले साप्ताहिक रुपमा लाग्दै आएको शनिबार र बुधबारे बजारलाई बिहान ६ बजेदेखी लाग्ने बनाएको छ । मासु पसलहरुलाई व्यवस्थित, न्युनतम मापदण्ड पूरा गरेर मात्रै मासु पसल सञ्चालन गर्न निर्देशन, मासुजन्य वस्तुको मूल्य निर्धारण, अण्डामा आत्मनिर्भर नगर बनाउन पहल, हाटडाँडा–खानीडाँडा विचको ढुंगाखानी नियमन÷नियन्त्रण, दिक्तेलबजारका औषधि पसल अनुगमनमा म्याद नागेका औषधि फेला परेको, नियम विपरीत औषधि पसल तथा क्लिनिक सञ्चालन भएको प्रारम्भिक अनुगमनले देखाएको मिट द प्रेसमा जनाइएको छ ।

    नगरभित्रका शिक्षाको गुणस्तरलाई अझ माथि उकास्न उल्लेखनीय बैठकहरु तथा अंग्रेजीमा तीनजना, नेपाली, सामाजिक, विज्ञान र गणितमा १/१ जना गरी सातजना शिक्षकको पदस्थापन गरिएको छ । नगरपालिकाको १५ वडाको अति आवश्यकीय स्थानमा १५० वटा सौर्यवत्ती जडानको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । सौर्यवत्ती जडानबाट आपराधिक गतिविधि कम र सवारी दुर्घट्ना कम हुने अपेक्षा गरिएको छ ।

    यो पनि पढ्नुहोस

    मापदण्ड विपरीत घर टहरा बनाउने आफ्नै बुवा भए पनि छोड्दिन

    २०७६ भदौ २ गते साँझ ५ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology