• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)


चिसाङ शेर्पा
  • शनिबार, साउन ३२ २०७६

  • दिक्तेलस्थित माटिकोरे खेलमैदानमा रोपाईजात्राका क्रममा रोपाई गर्दै नेवारी समुदायका महिलाहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको छ । हरेक बर्ष गाईजात्राको भोलीपल्ट मनाईने यो पर्वलाई यसबर्ष पनि दिक्तेलबजार सामाजिक गुठीको अगुवाईमा रत्नपार्कस्थित माटिकोरे खेलमैदानमा नेवारी समुदायले भब्यरुपमा रोपाईजात्रा मनाएका हुन् ।

    रोपाईजात्रामा कलाकारहरु । तस्विर चिसाङ शेर्पा

    दिक्तेलबजार सामाजिक गुठी, झिंगु नेवार समाज खाल्ले र सोल्मा सामाजिक गुठी संस्थाले रोपाईजात्रा देखाएका थिए । विभिन्न गुठीमा आवद्ध नेवारी समुदायका बालकदेखी बृद्धसम्मका मानिसहरु नेवारी भेषभुषामा सजिएर रोपाईजात्रामा सामेल भएका थिए । तीन समुहको रोपाईजात्रापछि नेवारी समुदायमा सम्बन्धित विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि भएका थिए ।

    नेवारी गीतमा नृत्य प्रस्तुत गर्दै दिक्तेलबजार सामाजिक गुठीका कलाकारहरु । तस्विर चिसाङ शेर्पा

    दिक्तेलबजार सामाजिक गुठीका सचिव नुरकाजी सैंजुका अनुसार रोपाईजात्राको अलवा लाखे, ठाकठुके, हाँस्यव्यंग्य, नेवारी नृत्य प्रस्तुत गरिएको थियो । सैंजुका अनुसार नेवारी समुदायको मुख्य चाडको रुपमा हरेक वर्ष मनाउदै आएको रोपाईजात्रालाई यसवर्ष उल्लासमय रुपमा निरन्तरता दिइएको हो ।

    रोपाईजात्रामा कलाकारहरु । तस्विर चिसाङ शेर्पा

    रोपाईजात्रा सदरमुकाम दिक्तेलसहित खार्मी, दोर्पा, बुईपा, अर्खौले, वाक्सिला, ऐंसेलुखर्क, खोटाङबजार, चिसापानी लगायत नेवारी समुदायको वसोवास रहेको स्थानमा मनाईने गरिन्छ । जनै पूर्णिमाबाट सुरुवात भएको लाखेनाच कृष्ण जन्मअष्टमी भोलीपल्ट विधिवत रुपमा समापन गर्ने गरिन्छ ।

    रोपाईजात्रामा कलाकारहरु । तस्विर चिसाङ शेर्पा

    २०७६ साउन ३२ गते साँझ ६ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology