• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारलाई नेपालको संविधान र चश्मा

सरकारलाई नेपालको संविधान र चश्मा


समायोजन खबर
  • बुधबार, साउन २९ २०७६

  • सरकार समक्षा पुग्नेगरी प्रजिअलाई नेपालको संविधान र चश्मा हस्तान्तरण गर्दै आन्दोलनरत समिति संयोजक हात्तिराम राई (बाँया) । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    असमावेशी लोकसेवा आयोगको विज्ञापन विरुद्ध आन्दोलन गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघ र संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले सरकारलाई नेपालको संविधान र एक थान चश्मा पठाएको छ । संविधानको मर्म र भावना विपरीत लोकसेवा आयोगको विज्ञापन खुलाइएको तथा आरक्षणको व्यवस्था हटाइएको भन्दै आन्दोलनरत समितिले संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयलाई नेपालको संविधान र चश्मा पठाएका हुन् ।


    बहुमतको सरकार संविधान भन्दा माथि रहेर काम गरिरहेको, लोकतान्त्रिक पद्धती, विधिको शासन र संविधान पालनाको ठाडो उल्लङघन गरेको, संविधानमा उल्लेखित समानुपातिक समावेसीता व्यवस्थालाई कुल्चेर लोकसेवा आयोगको विज्ञापनमा आरक्षणको व्यवस्था हटाउने कूचेष्टा गरेकाले प्रमुख जिल्ला अधिकारी मार्फत नेपालको संविधान र चश्मा पठाइएको नेपाल आदिबासी जनजाति महासंघ खोटाङ तथा आन्दोलन परिचालन समिति संयोजक हात्तिराम राईले बताए । संविधान बारे राम्रो ज्ञान नभएको सरकारलाई नेपाली जनताको रगतले पोतिएको नेपालको संविधान २०७२ पुस्तक अक्षरस अध्ययन गरी समानुपातिक समावेशी चरित्रको कार्यन्वयन सहित व्यवहारमा लागू गर्नका लागि संविधान र चश्मा पठाइएको जारी गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

     

    समानुपातिक समावेशी अन्तरगत असंम्बैधानिक लोकसेवा आयोगको परिक्षाहरु तत्काल बन्द गरी संविधानसम्मत समानुपातिक समावेशीका आधारमा लोकसेवा आयोगका परिक्षाहरु सञ्चालन गर्न आन्दोलनरत समितिले माग गरेका छन् । मागलाई बेवास्ता गरिएमा आरक्षण बचाउ आन्दोलनका क्रममा हुने सम्पुर्ण घट्नाको जिम्मेवारी स्वयम् सरकारले लिनुपर्ने बताइएको छ । संविधानको प्रस्तावना र भाग ३२ धारा २८५ उपधारा २ विपरीत लोकसेवा आयोगले स्थानीय तहका विभिन्न सेवा समुहका अप्राविधिक/प्राविधिक तर्फका पदहरुको लिखित परिक्षा विज्ञापन प्रकाशित गरी सोही अनुरुप सरकारले हस्तक्षेप गरी परिक्षा सञ्चालन गरिरहेको भन्दै आदिवासी जनजाति, दलित, महिला, मधेसी, अपाङ्ग, पिछडिएका क्षेत्र/वर्गका समुदायहरु आन्दोलित भइरहेका छन् ।
    २०७६ साउन २९ गते साँझ ५ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology