चिसाङ शेर्पा खोटाङ,
खोटाङमा असमावेशी लोकसेवा आयोगको विज्ञापन विरुद्ध दिक्तेलमा सांकेतिक रुपमा परम्परागत हतियार प्रदर्शन सतिहको जुलुस निकालिएको छ । संविधानको मर्म र भावना विपरीत लोकसेवा आयोगको विज्ञापन खुलाइएको तथा आरक्षणको व्यवस्था हटाइएको भन्दै संयुक्त संघर्ष आन्दोलन परिचालन समिति, नेपाल आदीवासी जनजाती महासंघको आयोजनामा शुक्रबार दिउँसो जुलुस निकालिएको हो ।

२५ औं विश्व आदीवासी जनजाती दिवसका अवसरमा विभिन्न परम्परागत हतियार सहित दिक्तेलको रत्नपार्कबाट सुरु भएको जुलुस हाँटडाँडा–त्रिवेणी–भवनगैरामा पुगेर समापन भएको थियो । जुलुसका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीलाई ‘राजीनामा दे’ भन्दै विरोध गरेका थिए । लोकसेवाको असमावेशी विज्ञापनका विरुद्ध र आरक्षण बचाउका लागि संघर्ष समितिले दोश्रो चरणको कार्यक्रमको तेश्रो कार्यक्रम अन्तरगत परम्परागत हतियार सहित जुलुस निकालेको हो । यसअघि उल्टो जुलुस निकालिएको थियो ।
२०७६ साउन २४ गते राती ८ :२९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology