Samayojan khabar

Advertisment

SKIP THIS

हावाहुरीले छाता घुमाएपछि तीन जिल्लामा टेलिफोन समस्या

हावाहुरीले छाता घुमाएपछि तीन जिल्लामा टेलिफोन समस्या




समायोजन खबर खोटाङ,
हावाहुरीले नेपाल टेलीकमको छाता घुमाएपछि तीन जिल्लामा टेलिफोन सेवा समस्या भएको छ । गएराति आएको हावाहुरीले उदयपुरको चित्रे डाँडामा रहेको टावरमा रहेको रेडियो लिङ्कको छाता अन्यन्त्र घुमाईदिएका कारण खोटाङसहित सोलुखुम्बु र ओखलढुङगाका नेपाल टेलिीकम अन्तरगतका सवै फोनमा समस्या आएको हो ।


प्रदेश नम्बर–२ को राजविराजमा रहेको टावरसँग लिङ्क गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले घुमाईदिएका कारण राजविराज टावरसँग सम्बन्ध विच्छेद भएपछि टेलिफोन सेवामा समस्या आएको नेपाल दुरसञ्चार शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए । “प्राविधिकहरु चित्रे टावरमा पुगीसकेको तर हावाहुरी चल्नेक्रम निरन्तर रहेकोले टावरमा चढेर मर्मत गर्न नसकेकोले तत्काल टेलिफोनको समस्या हल गर्न समस्या भएको छ ।” उनले भने ।

फोनमा समस्या हुँदा सेवाग्राहीलाई पर्ने असरलाई मध्यनजर गर्दै बैकल्पिकरुपमा उदयपुरकै उदयपुरगढीमा रहेको टावरमार्फत वेला–वेला भने फोन संचालनमा ल्याईएको टेिलकमले बताएको छ । पुर्णरुपमा फोन संचालनमा ल्याउँन टावरले लोड धान्न नसकेका कारण विहान दिउँसो र वेलुकालाई लक्षित गरेर समय–समयमा मात्र फोन संचालनमा ल्याईएको तर ईन्टरनेट भने बन्द रहेको बताईएको छ ।
२०७६ साउन २३ गते साँझ ७ :२९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology