• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अवरोधका वावजुद ६ टहरा भत्काइयो

अवरोधका वावजुद ६ टहरा भत्काइयो


चिसाङ शेर्पा
  • बुधबार, साउन २२ २०७६

  • मापदण्ड विपरीत रत्नपार्कमा बनेको टहरा भत्काइदै । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    स्थानीयको अवरोधका वावजुद खोटाङको दिक्तेल–हलेसी सडकखण्डको रत्नपार्कमा मापदण्ड विपरीत बनेका टहरा भत्काइएको छ । नगरपालिकाभित्र रहेका राष्ट्रिय योजनाका सडकलाई व्यवस्थित र नगरपालिकालाई सुन्दर बनाउन रत्नपार्कमा मापदण्ड विपरीतका टहरा भत्काइएको हो । टहरा भत्काउने क्रममा स्थानीयहरुले कर्मचारीमाथि हातपातको प्रयास गर्दै अवरोध गर्न खोजेका थिए ।


    नगरपालिकाले थालेको अभियान प्रक्रियागत नभएको र सानाठूलाको व्यवहार गरेर काम भएको भन्दै स्थानीयले अवरोध गरेका हुन् । स्थानीयको अवरोधका वावजुद दिक्तेल–हलेसी सडक खण्डको रत्नपार्कमा ६ वटा टहरा हटाइएको नगरपालिकाका राजनीतिक सल्लाहाकार कमल ढकालले बताए । उनका अनुसार टेक बहादुर बराईली, प्रकाश अधिकारी, ज्ञान बहादुर राई, दुर्गा कार्की, रमला राई, रामकाजी खत्रीको टहरा हटाइएको छ । नगरपालिकाको निर्देशन अनुसार रत्नपार्कका केदार श्रेष्ठले भने टहरा धमाधम भत्काउन थालेका छन् । सोमबार २४ घण्टाको लिखित अल्टिमेटम दिएकाले समेत बुधबारसम्म टहरा नहटाउदा नगरले ताकेता गरेको हो ।


    रत्नपार्कमा मोटरबाइक ग्यारेज सञ्चालन गर्दै आएका ज्ञान बहादुर राईले भने, आफूलाई जानकारी तथा अल्टिमेटम नगराई सामान निकाल्ने मौका समेत नदिई ग्यारेज भत्काई दिएको भन्दै क्षतिपूर्तीको माग गरेका छन् । नगरले भने ग्यारेजमा काम गर्ने कामदारलाई पत्र दिएको बताएको छ । ग्यारेज भत्काइएपछि स्थानीयहरु उग्र बनेका थिए । नगरसँग असन्तुष्ट पक्षले कर्मचारीमाथि हातपातको प्रयास समेत गरेका थिए । रत्नपार्कको जिरोप्वाइन्टबाट मापदण्ड विपरीतका टहरा नहटाएर मनलागी बिचबाट भत्काएको भन्दै स्थानीयले नगरपालिकाको कडा आलोचना गरेको थियो । नम्स विनाको संरचना भए हटाउनु पर्ने तर, जानकारी विना मानिसको गरिखाने भाडो तोड्ने कार्य राम्रो नभएको बाम्राङका वडाध्यक्ष ललित राईले बताए । वडामा भएको कुरा वडालाई नै थाहा नभएको समेत उनले बताए ।


    नगर प्रमुख दिपनारायण रिजालका अनुसार पहिलो चरणमा मापदण्ड विपरीतका टहरा हटाईने र त्यसपछि मापदण्ड मिचेर प्रक्रिया पूरा नगरेका घरहरु भत्काउन लागिने बताए । उनका अनुसार तत्काल चारवटा घरहरु भत्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नगर क्षेत्रभित्र मापदण्ड मिचेर घर टहरा बनाएमा अथवा नक्सा पास नगरी घर टहरा बनाएमा नगरपालिकाले जुनुसुकै वेला भत्काउन सक्ने र भत्काउदा लाग्ने खर्च संरचना बनाउनेबाट नै असुलउपर हुने र नगर प्रमुखको तर्फबाट पाँच लाखसम्म जरिवाना गराउन सक्ने कानुनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताए । सडकको दायाँबायाँ ३१/३१ मिटर छोडेर भौतिक संरचना बनाउन तथा घर, टहरा बनाउँदा नगरपालिकासँग नक्सा पास गरेर मात्रै बनाउन पाईने नगरपालिकाले जनाएको छ ।
    २०७६ साउन २२ गते राती ८ :१८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology