• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धर्मराजको रेलैको झ्यालबाट (भिडियो सहित)

धर्मराजको रेलैको झ्यालबाट (भिडियो सहित)


चिसाङ शेर्पा
  • बुधबार, साउन २२ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    लोक गायक धर्मराज पोखरेलले अर्को तीज गीत बजारमा ल्याएका छन् । रत्यौली भाकामा ‘रेलैको झ्यालबाट’ बोलको तीज गीत बजारमा ल्याएका हुन् । पोखरेलको आफ्नै कम्पनी र लगानीमा निर्मित तीज गीत भर्खरै रिलिज भएको हो ।


    माया प्रेम गर्दा शत्रुबाट कतीसम्म दुःख र कष्ट भोग्नुपर्छ भन्ने पिडा तीज भाकामा उतारिएकोे छ । ‘नहेर मायाले रेलैको झ्यालबाट, छुट्यो माया, मायाले शत्रुको ख्यालबाट’ भनेर पिडा पोखिएको गीतमा शब्द लय संकलन तथा आवाज सुरेश रमण अधिकारी र तुलसी घर्ती मगरको रहेको छ ।

    गीतलाई लोक गायक पोखरेलले परिकल्पना गरेका हुन् । गीतको म्युजिक भिडियोमा लोक गायक पोखरेल, शंकर विसी र सविता चाम्लिङ राई लगायतले अभिनय गरेका छन् । यो समाचार तयार पार्दासम्म १४ हजार ५ सय २८ जनाले गीतलाई हेरिसकेका छन् । पोखरेलको यसअघि ‘क्यारम त नि खोई’ बोलको तीज गीत बजारमा आईसकेको छ ।
    यो पनि पढ्नुहोस

    लोक गायक धर्मराज पोखरेलको तीज गीत सार्वजनिक (भिडियोसहित)

                                  भिडियो


    २०७६ साउन २२ गते मध्यान्ह १२ :२८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology