Samayojan khabar

Advertisment

SKIP THIS

लोक गायक धर्मराज पोखरेलको तीज गीत सार्वजनिक (भिडियोसहित)

लोक गायक धर्मराज पोखरेलको तीज गीत सार्वजनिक (भिडियोसहित)




चिसाङ शेर्पा खोटाङ,
लोक गायक धर्मराज पोखरेलको तीज गीत सार्वजनिक भएको छ । नेपाली लोकगीत क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक पोखरेलको ‘क्यारम त नि खोई’ बोलको तीज गीत बिहीबार साँझ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।


गीतमा सुरेश रमण अधिकारीको लय शब्द, लोक गायक पोखरेल, देवी घर्ती मगर लगायतको आवाज रहेको छ । श्रीमान सधै काम गर्ने तथा घर गृहस्थी सम्हालेकी श्रीमान श्रीमतीबीच एकै दिन छुट्नु पर्दा श्रीमानलाई हुने पिडालाई गीतमा समावेश गरिएको छ । एक दिन भए पनि तीजमा माइत जान्छु भनेर श्रीमानलाई गीतमा श्रीमतीले अनुरोध गर्छिन । एकै दिन पनि महिना दिन लाग्ने भन्दै श्रीमतीलाई फकाउने श्रीमानको शैलीलाई पनि गीतमा उतारिएको छ ।

गीतमा लोक गायक पोखरेल, शंकर वि.सि, करिष्मा ढकाल, सुवास गजुरेल लगायतले अभिनय गरेका छन् । लोक गायक पोखरेलको दुई दर्जन बढी लोकगीत सार्वजनिक भइसकेको छ । भर्खरै सार्वजनिक भएको ‘यति कुरा था छ कि था छैन’ बोलको लोकगीत सवैभन्दा बढी चलेको थियो ।
भिडियो


२०७६ साउन ९ गते राती ८ :२२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology