• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धनुषामा केन्द्र विवाद : मेयर र उपमेयरको समूहबीच झडप, उपमेयरमाथि लाठी चार्ज

धनुषामा केन्द्र विवाद : मेयर र उपमेयरको समूहबीच झडप, उपमेयरमाथि लाठी चार्ज


समायोजन खबर
  • मंगलबार, साउन २१ २०७६

  • समायोजन खबर जनकपुरधाम,
    धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झडप भएको छ । झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । अहिले पनि अवस्था तनावग्रस्त छ । मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा झडप भएको हो । झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको लाठी चार्जबाट ६ जना भन्दा धेरै घाइते भएका छन् ।


    उपमेयर झालाई समेत चोट लागेको छ । यस्तै वडा २ का अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापड सहितका व्यक्ति प्रहरीको लाठीबाट घाइते भएका छन् । उनीहरूको उपचार स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । हंसपुर नगरपालिकाको कार्यालय सरकारले बघचौडामा तोकेको छ । तर मेयर मण्डलले आफ्नो गाउँ बेल्ही चोकमा कार्यालय संचालन गरेका छन् । उनले बघचौडा कार्यालयबाट बेल्ही कार्यालयका लागि समान लग्न तीन ट्याक्टरमा करिब ५०/६० जना लिएर पुगेका थिए । उपमेयर पक्षले भने बघचौरामै कार्यालय राख्नुपर्ने भन्दै कार्यालयबाट समान लग्न राकेपछि झडप भएको स्थानीयले बताए ।

     

    उपमेयर झाले सरकारले तोकेको केन्द्रबाट बलजफ्ती आफ्नो गाउँमा कार्यालय संचालन गरेको र समान लिन आएपछि रोक्दा झडप भएको प्रतिक्रिया दिइन् । उनले छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दा पनि बेवास्ता गरी जबरजस्ती कार्यालय सार्न खोजेको बताइन् । नगरपालिका केन्द्रको विषयलाई लिएर मेयर मण्डल र उपमेयर झाबीच चुनाव जितेदेखि नै विवाद चल्दै आएको छ । जसका कारण विकास निर्माण समेत प्रभावित हुँदै आएको छ । पछिल्लो समय मेयरले आफ्नो गाउँमा समेत कार्यालय संचालन गरेपछि झन विवाद चर्केको स्थानीय बताउँछन् । थाहा खबर
    २०७६ साउन २१ गते साँझ ५ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology