वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा अवरोध

अनलाईन लोगो

समायोजन खबर खोटाङ,
खोटाङको बुईपाका स्थानीयले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई अस्वीकार गरेका छन् । डिभिजन वन कार्यालयमार्फत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित रातमाटाचौंर सामुदायीक वनमा सञ्चालन गर्न लागिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई स्थानीय उपभोक्ताले अस्वीकार गरेका हुन् ।


वैज्ञानिक वन व्यवस्थापनका लागि सुरु गरिएको प्रारम्भिक सर्भे, तथ्यांक संकलन लगायतका काममा सामुदायीक वन उपभोक्ता महासंघ नगर समितिले रोक लगाएको छ । वन उपभोक्ता महासंघ नगर समितिको अवरोधपछि वैज्ञानिक वन व्यवस्थापन सम्वन्धीका काम अन्योलमा परेको छ । वैज्ञानिक वन व्यवस्थापनले सामुदायीक वनको संरक्षणभन्दा पनि भएका वन मासिने खतरा रहेको भन्दै उपभोक्ताले नगरपालिकाको कार्यालयमा गुनासो गरेपछि गत बिहीबार नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, डिभिजन वन कार्यालयका प्रमुख अम्बीकाप्रसाद पौडेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राई, सामुदायीक वन उपभोक्ता महासंघका प्रदेश समिति सदस्य रामकुमारी राई, महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई लगायतको बीचमा छलफल भएको थियो । यद्यपी सो बैठकले ठोस निर्णय लिन नसकेको बताइएको छ ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा गरिने क्रियाकलापले जैविक विविधता नाश हुने भएकाले उपभोक्ताले विरोध गरेको हो । बैज्ञानिक वन व्यस्थापन कार्यक्रम उपभोक्ता हित विपरित भएकाले आफुहरुले असहमति जनाइएको सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए । बैज्ञानिक वन व्यवस्थापन प्रणालीका नाममा गरिने क्रियाकलापहरु वनको व्यवस्थापन भन्दा पनि रुख कटान गर्ने र काठ व्यापार गरी राजस्व आर्जन गर्ने वा व्यापारिक मुनाफा कमाउने उद्देश्य राखिएको हुन्छ ।

तत्कालिन साम्राज्यवादी मुलुकका सरकारहरुले निजी कम्पनीहरु मार्फत ठूला प्राकृतिक वनहरुको रुख कटानका लागि अफ्रिकी देशहरुका साथै इन्डोनेशीया, मलेसिया, फिलिपिन्स, ब्राजिल जस्ता मुलुकमा यस्तो वन व्यवस्थापन पद्धति अपनाइएको थियो । यसबाट ठूलो वातावरणीय, सामाजिक र आर्थिक क्षति भएकोले विश्वका प्रायः सबै मुलुकहरुले वैज्ञानिक वन व्यवस्थापन पद्धति परित्याग गरिसकेका छन् । यस्तो किसिमको वन व्यवस्थापनको निर्णय प्रक्रिया र कार्यान्वयनमा सरकारी कर्मचारी र निजी कम्पनीहरुको नियन्त्रण रहेको हुन्छ र समग्र प्रक्रियामा स्थानीय समुदाय तथा सरोकारवालहरुको कुनै पहुँच रहेको हुदैन ।
२०७६ साउन २० गते साँझ ७ :०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

मुख्य समाचार

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...