• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मापदण्ड मिचेर बनेका टहरा हटाइयो

मापदण्ड मिचेर बनेका टहरा हटाइयो


समायोजन खबर
  • सोमबार, साउन २० २०७६

  • दिक्तेलको अल्छेढुंगा नजिक मापदण्ड मिचेर बनेका टहरा हटाइदै । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडकको दायाँबायाँ मापदण्ड मिचेर बनाएका टहरा हटाएकोे छ । दिक्तेल–हलेसी सडकखण्डको रत्नपार्क, बाम्राङ र दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्डको अल्छेढुंगामा बनेका टहरा हटाएको हो । मापदण्ड मिचेर सडकको दायाँबायाँमा टहरा बनाएका व्यक्तिहरुलाई पटक–पटक हटाउन पत्रचार गर्दा समेत अटेरी गरेकाले सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर टहरा हटाउन थालिएको नगरपालिकाले जनाएको छ ।

    दिक्तेलको अल्छेढुंगा नजिक मापदण्ड मिचेर बनेका टहरा हटाइदै । तस्विर चिसाङ शेर्पा

    पहिलो दिनमा चारवटा टहरा हटाइएको र अन्य चार वटा टहरालाई २४ घण्टामा हटाउन कागजी सहमतिपछि छोडिएको नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालले जानकारी दिए । टहरा हटाउने पहिलो दिनमा दिक्तेल अल्छेढुंगाका प्यारीमाया शर्किनी, बाम्राङका दुर्गा बहादुर कार्की र डिल्ली बहादुर कार्की सहित अन्य एकवटा टहरा हटाइएको छ ।

    नगरपालिकाभित्र रहेका राष्ट्रिय योजनाका सडकलाई व्यवस्थित र नगरपालिकालाई सुन्दर बनाउन मापदण्ड मिचेर बनाइएका टहरा हटाउन थालिएको नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । यसपछि मापदण्ड मिचेर प्रक्रिया पूरा नगरेका घरहरु भत्काउन लागिने नगरप्रमुख रिजालले बताए । उनका अनुसार तत्काल चारवटा घरहरु भत्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सडकको दायाँबायाँ ३१/३१ मिटर छोडेर भौतिक संरचना बनाउन तथा घर, टहरा बनाउँदा नगरपालिकासँग नक्सा पास गरेर मात्रै बनाउन पाईने उनले बताए ।

    दिक्तेलको बाम्राङमा मापदण्ड मिचेर बनेका टहरा हटाइदै । तस्विर चिसाङ शेर्पा

    नगर क्षेत्रभित्र मापदण्ड मिचेर घर टहरा बनाएमा अथवा नक्सा पास नगरी घर टहरा बनाएमा नगरपालिकाले जुनुसुकै वेला भत्काउन सक्ने र भत्काउदा लाग्ने खर्च संरचना बनाउनेबाट नै असुलउपर हुने र नगरप्रमुखको तर्फबाट पाँच लाखसम्म जरिवाना गराउन सक्ने कानुनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताए । नगरपालिकाले पटकपटक सूचना तथा लिखित जानकारी दिए पनि मापदण्ड मिचेर बनाइएका संरचना नहटाएकाले अब सवैखाले घर टहरा भत्किने नगरपालिकाले जनाएको छ । यद्यपी, स्थानीयहरुले भने नगरको कामप्रति असन्तुष्टि जनाएका छन् । जनताले बनाएका मात्रै संरचना भत्किने कि नगरले समेत मापदण्ड मिचेर बनेका संरचना भत्किने भनेर प्रतिप्रश्न गरे । आफूहरुलाई विना जानकारी टहरा हटाइएको बाम्राङका दुर्गा बहादुर कार्कीले दुखेसो पोखे ।
    २०७६ साउन २० गते साँझ ६ :२३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology