Samayojan khabar

Advertisment

SKIP THIS

आगोमा जलेका शिशुलाई दुई लाख ८५ हजार सहयोग

आगोमा जलेका शिशुलाई दुई लाख ८५ हजार सहयोग




चिसाङ शेर्पा खोटाङ,
अगेनामा परेर दुवै हात र निधार जलेर शक्त घाईते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका पाँच महिने शिशु प्रविन राईलाई आर्थिक सहयोग गरिएको छ । युकेवासी ईशा गुरुङको अभियानमा संकलन भएको दुई लाख ८५ हजार रकम सहयोग गरिएको हो ।


१० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न जाँदा अगेनामा परेर प्रबिनको दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा गम्भीर असर पुगेर बिजोग भएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि अभियान्ता गुरुङले संञ्चालन गरेकोे चार दिने अभियानमा ४६ जनाबाट संकलित रकम आईतबार प्रविनको आमा निर्मला राईलाई हिसाब देखाएर ‘प्रविन राई राहत तथा उद्धार कोष’मा जम्मा गरिएको अभियानका सहयोगी माओदिप थुलुङ राईले जानकारी दिए ।

प्रविनको हाल कान्ती बाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भईरहेको छ । आगोले अत्याधिक जलेका कारण प्रविनले दुवै हातको औला भने गुमाईसकेका छन् । प्रविनका लागि देश तथा विदेशमा सहयोग रकम संकलन भइरहेको छ । शिुशका लागि किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सञ्जयकुमार राई, सह–सचिव सिता थुलुङ राई लगायतले सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् । घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भएकाले संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए । शनिबार केपिलासगढी गाउँपालिकाका अग्रज १२ जना युवाहरुले ५८ हजार १ सय रुपैयाँ सहयोग गरेको सहयोग गरेको थियो ।
यो पनि पढ्नुहोस

आगोमा जलेका शिशुलाई ५८ हजार आर्थिक सहयोग

२०७६ साउन १९ गते साँझ ५ :४५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology