• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आगोमा जलेका शिशुलाई ५८ हजार आर्थिक सहयोग

आगोमा जलेका शिशुलाई ५८ हजार आर्थिक सहयोग


चिसाङ शेर्पा
  • आइतबार, साउन १९ २०७६

  • प्रबिनका आमा निर्मलालाई सहयोग रकम हस्तान्तरण गर्दै केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राई ।

    चिसाङ शेर्पा खोटाङ,
    केपिलासगढी गाउँपालिकाका युवाहरुले अगेनामा परेर दुवै हात र निधार जलेर गम्भीर घाईते भएका शिशुलाई आर्थिक सहयोग गरेका छन् । केपिलासगढीका स्थानीय युवा तथा कार्यक्षेत्र बनाएका युवाहरुबाट सोही गाउँपालिकाको बाक्सिला लंखाका पाँच महिने शिशु प्रबिन राईलाई उपचारका लागि ५८ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन् ।

    १२ जना युवाहरुबाट संकलन भएको आर्थिक सहयोग रकम शनिबार प्रबिनका आमा निर्मला राईलाई केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले हस्तान्तरण गरेका छन् । कान्ती बाल अस्पताल काठमाण्डौमा उपचार भइरहेको बालकको स्वास्थ्य स्थिती बुझ्न पुगेका गाउँपालिका अध्यक्ष लगायतका युवाहरुले अस्पतालमै सहयोग रकम प्रदान गरेका थिए । शिशुको हाल निःशुल्क उपचार भइरहेको छ । निःशुल्क उपचार भइरहेकाले संकलित सहयोग रकमकोे अक्षय कोष स्थापना गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए । शिशुले दुवै हातको औलाको भाग भने गुमाएका छन् ।

          उपचारार्थ शिशु प्रबिनको अवस्था बुझ्दै गाउँपालिका अध्यक्ष कृष्णकुमार राई लगायत ।

    १० साउनमा घरैमा दाजुको साथमा छोडेर आमाबुबा खेतबारीमा काम गर्न प्रबिन अगेनामा परेर गम्भिर घाईते भएका थिए । आगोले शिशुको दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा गम्भीर असर पुगेपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको थियो । काठमाण्डौ पठाइएपछि किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सञ्जयकुमार राई, सह–सचिव सिता थुलुङ राई लगायतले सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् । घाईते बच्चाको निःशुल्क उपचारको व्यवस्था भएकाले संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने र सो को व्याजबाट आउने रकमले उनको शिक्षादिक्षाको प्रवन्ध मिलाइने यायोक्खाका उपाध्यक्ष राईले बताए ।
    २०७६ साउन १९ गते बिहान ९ :०४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology