Samayojan khabar

Advertisment

SKIP THIS

किराया खोटाङको आर्थिक संकलन अभियानमा किरायाकै ध्यानाकर्षण

किराया खोटाङको आर्थिक संकलन अभियानमा किरायाकै ध्यानाकर्षण




चिसाङ शेर्पा खोटाङ,
गत सोमबारबाट अगेनामा परी दुवै हात, निधार पोलेर शक्त घाईते पाँच महिने शिशुको उपचार खर्चका लागि आर्थिक संकलन अभियान थालेकोे किरात राई यायोक्खा खोटाङको अभियानप्रती सोही संस्थाका सचिव, सह–सचिव, कोषाध्यक्ष लगायतका ११ जनाले ध्यानाकर्षण भएको जनाएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान असारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिशु प्रविन राईको उपचारका लागि आर्थिक संकलन अभियान यायोक्खा जिल्ला कार्य समितिको कुनै आधिकारीक निर्णय र छलफल विनै गरिएको भन्दै उनीहरुले ध्यानाकर्षण भएको जनाएका हुन् ।


यायोक्खाका सचिव युगसन किरात, सह–सचिव मिलनचन्द्र राई, सिताराम राई, कोषाध्यक्ष खड्ग बहादुर राई, जिल्ला सदस्य किसन कुमार राईले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक संकलन अभियानका केही व्यक्तिको व्यक्तिगत चाहानामा गरिएको र संकलन अभियानका लागि प्रयोग गरिएको बैंक खाता नम्बर समेत बैधानिक नभएको जनाएको छ । सम्बन्धित व्यक्तिहरुलाई संस्था नै मै हुं र म नै संस्था हुं भन्ने व्यक्तिगत भावनाबाट मुक्त हुन समेत विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन् । यायोक्खाको संस्थागत गरिमालाई बेवास्ता गरि गरिएको अभियानबाट पर्न जाने असर स्वंम्ले व्यहोर्न समेत जनाएका छन् ।

 

यद्यपी, यायोक्खाकै जिल्ला उपाध्यक्ष सन्जय कुमार राई, महिला सह–सचिव सीता थुुलुङ लगायतले सोमबार दिक्तेलस्थित सगरमाथा होटलमा बैठक बसेर यायोक्खाका अध्यक्ष हात्तिराम राईको संयोजकत्वमा आर्थिक संकलन अभियान समिति बनाएर आर्थिक संकलन थालेको थियो । बैठक बस्छु भन्ने कुरा थाहा भएको तर, संयोजक राखेको कुरा थाहा नभएको यायोक्खाका अध्यक्ष हात्तिराम राईले बताए । केही व्यक्तिवादी र राजनीतिकरण भएको छ । अध्यक्ष राईले भने, ‘हप्ता दश दिनमा बैठक बोलाएर बैठकको माध्यमबाटै समस्याको समाधान गरिने छ ।’
को हुन् प्रविन

आगोले दुवै हात र निधार पोलेको भाई देखाउदै प्रविनका दिदी । तस्विर चिसाङ शेर्पा

गत १० साउन मध्यान्हमा बाक्सिला लंखामा आफ्नै घरमा पाँच महिने शिशुलाई दाईको साथमा छोडेर आमाबुबा असारमान राई र निर्मला राई भने खेतमा काममा गएका थिए । तर, अगेनामा परेर शिशु प्रविनको दुवै हात बिशेषगरी (औलामा) र निधार पोलेर शक्त घाईते भए ।
अगेनामा परेको दिननै जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि ल्याए पनि आगोले शिशुको दायाँ हातको ग्याङटीन र बायाँ हातको कन्ट्रयाक्चरमा गम्भीर असर पुगेकाले त्यहाँ उपचार हुन नसकेपछि गम्भीर घाईते शिशु लिएर घर फर्कन लागेका निर्मलालाई ११ साउनमा नेपाल तरुण दल खोटाङले छोराको उपचार गराउनलाई १ लाख १३ हजार ३६५ सहयोग जुटाइ काठमाण्डौ पठाएको थियो । नेपाली कांग्रेस खोटाङ–काठमाण्डौ सम्पर्क समितिको वन्दोवस्तमा शिशुको कान्ती वाल अस्पताल काठमाण्डौमा निःशुल्क उपचार भइरहेको छ । निर्मलाको तीन छोरी ६ छोरा छन् ।
२०७६ साउन १५ गते अपरान्ह ३ :२९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology