चिसाङ शेर्पा खोटाङ,
खोटाङको त्रि–धार्मिकस्थल हलेसी महादेव मन्दिरमा वर्ष दिनमा साढे ८७ लाख भेटि संकलन भएको छ । पूर्वको पशुपतीनाथले प्रसिद्ध हलेसीमा २०७५ साउन १ गतेदेखी २०७६ असार ३१ गतेसम्म ८७ लाख ६६ हजार दुई सय ७४ रुपैयाँ भेटि संकलन भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसीको शिव पार्वती मन्दिर, गणेश मन्दिर, बसाहा गुफा प्रवेश टिकट र भेटि लगायत गरी वर्षदिनमा संकलन भएको भेटिमा ४२ लाख ६८ हजार दुई सय ६७ रुपैयाँ खर्च भएको छ । बसाहाथान पोखरी निर्माण, हलेसी महादेवको मन्दिरको वेबसाइट, सूचना डिस्प्ले बोर्ड, मन्दिर व्यवस्थापन भवनमा भ¥र्याङ तथा रेलिङ निर्माण, मन्दिरको लागि खानेपानी ट्याङ्की, पाइप खरिद, गुठी संस्थानद्वारा निर्मित डकुमेन्ट्री सहयोग, शिव पार्वती मन्दिर भित्र बाहिर तथा गणेश मन्दिर भित्र बाहिर रङ रोगन, कर्मचारी तलव, अतिथि सत्कार र विविधमा उक्त रकम खर्च भएको हलेसी सुचना केन्द्रका निमित्त प्रमुख सयन्द्र राईले जानकारी दिए ।
बाकी ४४ लाख ९८ हजार सात रुपैया हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । यस्तै, २७ हजार ८० रुपैयाँ भारु, अमेरिकन डलर ४५ र सिंगापुर १० डलर, ९२ तोला ८९ लाल चादी, ११.५७ ग्राम सुन जिन्सी जम्मा भएको जनाइएको छ । स्थानीय तह नगरपालिकाले कर्मचारी, सुचना केन्द्र, सिसि क्यामेराको व्यवस्थापन गरेपछि भेटिमा पारदर्शिता आएको छ । बैंकमा जम्मा गरिएको भेटिबाट हलेसीलाई प्रर्वद्धन गर्नमा खर्च गरिने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
२०७६ साउन १३ गते साँझ ५ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology