• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मनसुन कम सक्रिय, तीन दिनसम्मको मौसम यस्तो छ

मनसुन कम सक्रिय, तीन दिनसम्मको मौसम यस्तो छ


समायोजन खबर
  • सोमबार, साउन १३ २०७६

  • साँकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    केही दिन सक्रिय रहेको मनसुन विस्तारै कम सक्रिय हुँदै गएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ भएकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन् । तर केहीदिनमा मनसुन फेरि सक्रिय भएर देशभर पानी पर्ने मौसमविद् शान्ती कँडेलले बताउनुभयो । सोमबार काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताए ।

    बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भूभागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको कँडेलले बताए । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएको छ ।
    २०७६ साउन १३ गते बिहान ९ : ३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology