• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पक्राउ परेका चारैजना छुटे

पक्राउ परेका चारैजना छुटे


चिसाङ शेर्पा
  • आइतबार, साउन ५ २०७६

  • पक्राउ परेकाको रिहाईको माग गर्दै शनिबार प्रदर्शनमा सहभागीहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    लोकसेवाको परिक्षा विथोल्ने क्रममा प्रहरीले पक्राउ गरेका चारजना युवाहरु छुटेका छन् । दिक्तेल बहुमुखी क्याम्पसमा शनिबार विहान सञ्चालित लोकसेवा आयोगको पाँचौ तह परिक्षा सञ्चालनका क्रममा परिक्षा अवरोध गर्न पुग्दा पक्राउ परेका नेपाल आदिबासी जनजाती महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव लालबहादुर मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र मञ्चकी कोषाध्यक्ष सविना अछामे आइतबार साँझ छुटेका हुन् ।

     

    संयुक्त संघर्ष आन्दोलन परिचलान समिति तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद र प्रहरी प्रशासनबीच अबको दिनमा त्यस्ता गल्ती नगर्ने भनि कागज बनाएर छुटेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । संविधानमा समावेसी व्यवस्था र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा शनिबार आव्हान गरिएको १ नम्बर प्रदेश बन्द अन्तरगत परिक्षा केन्द्रमा परिक्षा विथोल्न पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।


    नेपाल आदिवासी जनजाती महासंघ, मधेसी, मुस्लिम, दलित, महिला, अपाङ्गता भएको व्यक्तिहरु र पिछडिएको क्षेत्रको तर्फवाट गत जेठ १६ गतेबाट ‘आरक्षण बचाउ आन्दोलन’मा होमिदै आएकाहरु पक्राउ परेपछि नेपाल आदिबासी जनजाती महासंघ खोटाङ, समाजवादी पार्टी जिल्ला समिति खोटाङ, किरात राई यायोक्खाले घट्नाको भत्र्सना गरेको थियो । धरपकड तथा कुटपिट गर्दै अमानवीय व्यवहारसहित प्रहरीले पक्राउ गरेपछि संयुक्त संघर्ष आन्दोलन परिचालन समिति तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले दिक्तेलबजारमा शनिबार प्रदर्शन गरेका थिए ।
    २०७६ साउन ५ गते साँझ ७ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology