• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक


समायोजन खबर
  • आइतबार, साउन ५ २०७६

  • प्रधानमन्त्री केपीशर्मा ओली

    समायोजन खबर काठमाण्डौ,
    नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो ।

    ओलीले पूर्वएमालेका नेताहरुलाई छुट्टाछट्टै भेट गरेपछि शनिबार साँझ पार्टी सचिवालयमा प्रतिनिधित्व गर्ने नेताहरुको छुट्टै बैठक बसेको हो । ‘पूर्व एमालेको भागमा परेका विभागको जिम्मेवारी र जिल्ला इन्चार्जहरु कसकसलाई बनाउने भन्ने विषयमा अध्यक्ष ओलीले सामूहिक छलफल गर्न चाहेकाले सचिवालयसम्बद्ध नेताहरुको छुट्टै बैठक बसेको हो ।’ यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्
    २०७६ साउन ५ गते बिहान ८ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology