• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

६ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

६ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार


समायोजन खबर
  • शनिबार, साउन ४ २०७६

  • समायोजन खबर खोटाङ,
    खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले पत्रकारिता, समाजसेवा, खेलकुद र साहित्य पुरस्कार प्रदान गरेको छ । आफ्नो प्रथम बार्षिकोत्सवको अवशर पारेर पत्रिकाले जनही १५ हजार राशीको तुवाचुङ पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार दमन राई, कान्तीपुर टिभीका पत्रकार उत्तम चौंलागाई र नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगरलाई प्रदान गरेको हो । पत्रकार राई नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष, मगर महासंघको प्रदेश पार्षद तथा चौंलागाई शाखाका सचिव समेत हुन् ।

     

    यस्तै, जनही १५ हजार राशीको तुवाचुङ साप्ताहिक पुरस्कार समाजसेबी जनकराज राईलाई, तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कार सतोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका राईलाई र तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्माका साहित्यकार विक्रम चेतनशील राईलाई प्रदान गरिएको छ ।


    नगरपालिकामा जन्मिएर शहरमा बस्दै आएपनि आफ्नो गाउँ–ठाउँको विकास निर्माणमा निरन्तर महत्वपूर्ण योगदान दिएकामा समाजसेवी जनकराजलाई र नेपाल सहित श्रीलंका, भारत लगायतका देशमा निर्णायकको भूमिका निर्वाह गरेर खेलकुदका माध्यमबाट देशको नाम उच्च राख्न योगदान पु-याएका निर्णायक शेशुकालाई पुरस्कार प्रदान गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दिपेन्द्र राईले बताए । साहित्यकार विक्रम चेतनशीललाई उनको खस नेपाली, अंग्रेजी, चाम्लिङ राई र किरात लिपिमा प्रकाशित ‘तुवाचुङ’ नामक गजलसंग्रहका लागि साहित्य पुरस्कार प्रदान गरिएको हो । पत्रिकाले हलेसीस्थित होटल हलेसी भिलेजमा वार्षिकोत्सव मनाएको हो । पुरस्कृत व्यक्तीत्वहरुलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।

     

    वार्षिकोत्सवको अवशरमा शाखा अधिकृतबाट अवकाश लिएपछि गाउँ फर्किएर समाजसेवामा क्रियासिल भूपेन्द्रकुमार राई, समाजसेवी श्यामभन्द्र राई र नयनकुमार राईलाई पनि सम्मान गरिएको छ । कार्यक्रमका बक्ताहरुले स्वतन्त्र र निस्पक्ष पत्रकारिताको आवश्यकतामाथि चर्चा गरेका छन् । ग्रामीण पत्रकारितालाई मजबुद बनाउने लक्ष्य बोकेर २०७५ साउन ४ बाट प्रकाशन सुरु भएको तुवाचुङ साप्ताहिक आवाजविहीनको आवाज बन्ने नारा लिएर निरन्तर प्रकाशन हुँदै आएको छ ।
    २०७६ साउन ४ गते साँझ ७ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology