• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पक्राउ परेका युवाहरुको तत्काल रिहाई गर्न माग

पक्राउ परेका युवाहरुको तत्काल रिहाई गर्न माग


चिसाङ शेर्पा
  • शनिबार, साउन ४ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    प्रहरीले पक्राउ गरेका चारजना युवाहरुलाई तत्काल रिहाइ गर्न समाजवादी पार्टी जिल्ला समिति खोटाङले माग गरेको छ । नेपाल आदिवासी जनजाती महासंघ, मधेसी, मुस्लिम, दलित, महिला, अपाङ्गता भएको व्यक्तिहरु र पिछडिएको क्षेत्रको तर्फवाट गरिएको ‘आरक्षण बचाउ आन्दोलन’का क्रममा शनिबार विहान दिक्तेल बहुमुखी क्याम्पस क्षेत्रबाट पक्राउ गरेका युवाहरुलाई रिहाइको माग गरेका हुन् ।

     

    आरक्षण बचाउ आन्दोलन अन्र्तगत पक्राउ परेका नेपाल आदिबासी जनजाती महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव लालबहादुर मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सञ्चारकर्मी सविना अछामेलाई धर पकड तथा कुटपिट गर्दै अमानवीय व्यवहारसहित प्रहरीले पक्राउ गरेकोप्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ । अधिकार प्राप्तीको आन्दोलनमा शान्तिपुर्ण ढंगबाट आफ्नो विरोध गर्न पाउने मौलिक हकलाई राज्यले सम्मान गर्नुपर्ने ठहर गर्दै गिरफ्तार गरिएका चारै जनालाई तत्काल रिहाई गर्न जोडदार माग गरिएको छ ।

    प्रहरीले भने, लोकसेवा आयोगको पाँचौ तहको परिक्षा केन्द्रमा नक्कली प्रवेश पत्र प्रयोग गरी परिक्षा हलभित्र छिरेर प्रश्नपत्र खोस्ने प्रयासका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी बामदेव गौतमले बताए । सुरक्षा समितिको वैठक बस्ने र बैठकको निर्णय अनुसार रिहाई हुने/नहुने प्रक्रियामा जाने उनले बताए ।
    २०७६ साउन ४ गते दिउँसो २ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology