समायोजन खबर खोटाङ,
दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सवैभन्दा पहिलो पटक आफ्नै पक्की भवन निर्माण गरे । आफ्नै भवन निर्माण भएपछि काम, कारवाही कस्तो चलिरहेको छ । र, समग्र गाउँपालिकाको गतिविधिका वारेमा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईसँग गरिएको कुराकानीको सम्पादित अंश ।
आफ्नै भवनबाट कार्यालय चलिरहेको छ । काम कारवाही कस्तो चलिरहेको छ ।
स्वभाविक रुपमा आफ्नै भवनबाट काम गर्न र सेवा दिन पाउँदा अत्यन्तै खुशी छौ । आफ्नै भवन भएको कारणले पनि काममा प्रभावकारीता छ । भवन भएपछि कर्मचारी र सेवाग्राहीलाई व्यवस्थापन गर्न सहज भएपछि आफ्नै भवनबाट काम गर्नुको मजा छुट्टै छ ।
गाउँपालिकाले विकासमा साँच्चिकै फड्को मा-र्यो त ? प्रमाणहरु केके हुन ।
हामी निर्वाचित जनप्रतिनिधि आउनुभन्दा अगाडीको विकास र अहिलेको विकास आकासपातलको फरक छ । विकासमा फड्को मारेको प्रमाणहरु धेरै छन् । गाउँपालिकाभित्रका कच्ची सडकलाई बाह्रै महिना चलाउने बनाएका छौ । विजुली बत्तीको व्यवस्थापनमा एक वडामा मात्रै बल्न बाँकी छ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि हामीले धेरै परिवर्तन गरेका छौ । त्यसैले यो,यो कुरामा हामीले फड्को मा¥र्यौ भन्दा पनि विकास भएको छ । त्यसमा जनताले त्यो अनुभूत गर्नुभएको छ जस्तो लाग्छ ।
स्थानीय तहमा भ्रष्टाचार, पार्टी निकटलाई योजना वितरणजस्ता विषयहरु व्यापक छन् । यहाँ कस्तो छ ?
यो मान्छेले अथवा फुर्सदमा वस्ने नागरिकले भन्ने कुरा हो । र, पहिलाकै नजरबाट हेरिने कुराहरुले यसलाई इंगित गरिएको छ जस्तो लाग्छ । त्यस कारणले स्थानीय तहमा भ्रष्टाचार भएको छ भन्ने कुरा उठेको छ भन्नु भो, हामीले पनि सुनेका छौ । तर, स्थानीय तहमा काम गर्नुको मजा र काम गर्नुको जोखिमता अत्यन्तै ठूलो छ त्यस कारणले त्यो प्रत्यक्ष जनताको निगरानीमा चलेको सरकार हो । प्रत्यक्ष जनताले अनुभूत गर्नेगरी हामीले सरकार सञ्चालन गर्नुपर्छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई
त्यसैले हामीले स्थानीय सरकार सञ्चालन गर्दै गर्दा भ्रष्टाचार भयो, अथवा भ्रष्टाचार ग-र्यो, अनियमितता भयो, सुशासन लिएन भन्ने कुरा चाँहि निराधार हो । किन भने, अहिले स्थानीय तहमा जो निर्वाचित भएर आउनु भएको छ । धेरै युवा साथीहरु हुनुहुन्छ । त्यसैले हाम्रो बाटो निकै लामो छ । निकै लामो उमेर कटाउनु छ । र, हामीले राजनीतिक यात्राको दुरी पनि निकै ठूलो पार गर्नु परेको छ । त्यसैले मान्छेले भन्नका लागि सजिलो छ । त्यति मात्रै हो । त्यसैले आफ्नो मूल्य मान्यता, राजनीतिक दर्शन र नागरिकहरुको दुःखलाई हेरेर काम गरिरहेका छौ । त्यसरी गर्दैगर्दा भ्रष्टाचार भयो, अनियमितता भयो भन्ने कुरा चाँहि निरर्थक हो जस्तो लाग्छ ।
विकासका सूचकहरु विधुत, सडक, खानेपानी, कृषि, स्वास्थ्य हुन् । यी क्षेत्रमा के–कस्ता प्रगती भए ?
सडकको कुरामा हामी निर्वाचित हुनुभन्दा अगाडी ट्रयाक थिएन । बाह्रै महिना गाडी चल्दैन थियो । सडक थियो गाडी कुद्ने अवस्थामा थिएन । ट्रयाकहरु केही मात्रामा ओपन थिए । अहिले आउदाखेरी मध्य बर्खामा पनि गाडी चलिरहेको अवस्था छ । बाह्रै महिना गाडी चलाउछौ भन्ने हाम्रो प्रतिबद्धता पनि थियो । सवै वडा कार्यालयमा मोटरबाटो पुगेको छ । गाडी पनि पुगिरहेको छ ।
खानेपानीको सम्बन्धमा, विकसित शहरहरुमा खानेपानीको धारा छ पानी छैन । हाम्रोमा पानीसहितको धारा व्यवस्थापन गरेका छौ । नागरिकहरुलाई हामीले खानेपानीको व्यवस्थापन लगभग अन्तिम चरणमा पु-याई सकेका छौ । पानीको स्रोतहरु, मुहानहरु सुक्दै जान थालेकाले हामीले घरघरमा मिटर जडान गरेर खानेपानीको व्यवस्थापन गरेका छौ । पानीको समस्यालाई यो वर्ष सवै टुङग्याउछौ भन्ने छ ।
विधुतको सवालमा, हामी निर्वाचित भएर आउदै गर्दा जम्मा दुई वडामा वत्ती बलेको थियो । त्यो पनि थोरै । म, जननिर्वाचित जनप्रतिनिधि हुनुभन्दा अगाडी याम्खामा वत्तीको सुरुवात गरेको थियो । अर्को डाँडागाउँमा मात्र बत्ती थियो । र, अहिले हामीले पाँच वडामा वत्ती वालिसकेको अवस्था छ । अब एउटा वडामा मात्रै बाँकी छ । त्यो वडा यो वर्ष वत्ती वालिसक्छौ । त्यसपछि उज्यालो गाउँपालिका घोषणा गर्छौ । अर्को तर्फ शिक्षाको क्षेत्रमा परिवर्तन गरेका छौ भन्ने लाग्छ । दरबन्दी नभएका विधालयहरुलाई दरबन्दी मिलान गरेर दरबन्दी दिएका छौ । एउटै विधालयमा दरबन्दी थुपारिने, अध्ययन, अध्यापनलाई राम्रो नगर्ने विधालयहरुलाई विधार्थी संख्याका आधारमा दरबन्दीहरु थुतेर दरबन्दी नभएका विधालयहरुमा दरबन्दी दिएका छौ ।
पिछडिएको वर्ग, अल्पसंख्यक नागरिकहरु पढ्ने भण्डारेघाटको पञ्चकौशिका निमाविलाई माविमा परिणत गरिदिएका छौ । परिक्षालाई अलिकती पृथक तवरले सञ्चालन सुरु गरेका छौ । शिक्षक नियुतmीमा पारदर्शी अपनाएका छौ । यस्तै, स्वास्थ्यको क्षेत्रमा वार्षिक रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौ । हामी गाउँपालिकामा निर्वाचित भएर आउनुभन्दा अगाडी सवैभन्दा वढी पाठेघरको समस्या भएको गाउँपालिका दिप्र्रुङ चुइचुम्मा गाउँपालिका भन्ने समाचार आउथ्यो, त्यो अहिले सवैभन्दा कम पाठेघरको समस्या भएको गाउँपालिका दिप्र्रुङ चुइचुम्मा बनेको छ । शिशु पोषण प्रवद्र्धन कार्यक्रम लागू गरेका छौ । एकवटा बच्चा जन्माएपछि एक दम्पतीको दुइजना बच्चालाई मासिक हजार रुपैयाँ उपलब्ध गराई रहेका छौ । अब जन्मने बच्चाहरु स्वस्थ्य हुनुपर्छ भन्नेतर्फ लागेका छौ । स्वास्थ्य स्वयंसेविकाहरुलाई यो वजेटबाट पाँच सयलाई बढाएर मासिक सात सय प्रोत्साहन भत्ता दिनेछौ । विकासका क्षेत्रमा यिनै कामहरु गर्दै अगाडी बढीरहेका छौ । पर्यटनको क्षेत्रमा धिप्लुङ झरनालाई सौन्दर्यकरण गरीरहेका छौ । जसले आन्तरिक पर्यटक तान्ने निश्चित छ । यहि विषयहरुलाई दृष्टिगत गर्दै स्थानीय सरकारले कसरी गाउँपालिकालाई संमृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो ध्यान र दृष्टिकोण त्यही लागेको छ ।
गाउँपालिकाको सवैभन्दा वढी ध्यान केमा रहेको छ ?
सवै कुरामा नै ध्यान दिएका छौ । सवैभन्दा बढी महत्व भौतिक क्षेत्रलाई महत्व दिएका छौ । किन भने, जबसम्म सडक सहज तरिकाले चल्न सक्दैन, यातायात चल्न सक्दैन । कुनै पनि कुरा त्यसले आवतजावतमा अवरोध पु-र्याउनासाथ सवै कुरामा समस्या हुंदोरहेछ । त्यस कारणले हामीले त्यो कुरालाई अत्यन्तै महत्व दिइरहेका छौ । तथापी हामीले शिक्षा र स्वास्थ्यलाई पनि महत्वका साथ अगाडी बढाइरहेका छौ । पहिलो प्राथमिकता चाँहि भौतिक संरचना निर्माण हो ।
तपाईहरुबाट जनता कतीका खुशी छन् ?
जनता कतीका खुशी छन् भन्ने कुुरा चाँहि हामीले भन्नु भन्दा नि जनतालाई सोध्नुभयो भने थाहा हुन्छ जस्तो लाग्छ । अब हामीले हाम्रै मुखबाट जनता यति खुशी छन भनेर मापन गर्ने कुनै आधार छैन । हाम्रो कार्यकाल पछाडी हामी जाँदै गर्दा जनताले के भन्छन् भन्ने कुरामा आधार रहन्छ जस्तो लाग्छ । हैन भने, हामी त जनता बेखुशी छन् भन्ने सोच्दैनौ तर, हाम्रो कामप्रती असन्तुष्टि पनि हुनसक्छ । र, मैले भन्दै गर्दा गरीब दुखी नागरिक खुशी हुनुहुन्छ होला केही चाँहि अलिकती धनीवर्ग अथवा केही उठेका वर्गहरु केही बेखुशी हुनुहुन्छ की जस्तो लाग्छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई
तपाईहरुको कार्यकाल अवधिमा जनताले केके अपेक्षा गर्ने ?
जनताको हामी शिर झुकाउदैनौं । जसले हामीलाई मतदान गर्नुभयो, आशा र भरोसाका केन्द्र मान्नु भएको छ ।आफ्नो अधिकार सुम्पनु भएको छ । हामी जनताको शिर झुक्ने काम गर्दैनौ । हामी आफ्नो गाउँपालिकाका नागरिकहरुलाई सधै खुशी बनाउन चाहान्छौ । विकासको बाटोमा संमृद्ध गाउँपालिका बनाएर अर्को जनप्रतिनिधिलाई हाम्रो जिम्मेवारी सुम्पन चाहान्छौ ।
भर्खरै पाँचौ गाउँसभा सक्नुभयो, वजेट ल्याउनुभयो वजेटले कुन क्षेत्रलाई प्राथमिकता दिएको छ ।
शिक्षा र भौतिक संरचनालाई महत्व दिएका छौ । गाउँपालिकामा विकास भनेको चाँहि वाटो मात्रै हैन । विकास भनेको शिक्षा, स्वास्थ्य पनि हो । त्यसैले हाम्रो पहिलो प्राथमिकता भौतिक संरचना बाटो, पुल बनाउनु छ । तथापी पनि शिक्षालाई पनि जोड दिएका छौ । जबसम्म नागरिकहरु र जन्मिएका अब जन्मने भविष्यका कर्णधारहरुलाई राम्ररी पढाउन, हुर्काउन सक्दैनौ तबसम्म हामीले यि बनाएका भौतिक संरचनाहरु निरर्थक हुन्छन् । त्यसैले हामी भौतिक संरचनाहरु निर्माण गर्दै शिक्षा र स्वास्थ्यलाई सुधार गर्नुपर्छ भन्नेतर्फ मूल ध्यान त्यतातिर गएको छ ।
काम गर्नलाई अफठ्यारा र चुनौतीहरु केके छन्
काम गर्नलाई अफठ्यारा र चुनौतीहरु धेरै छन् । संविधानले हामीलाई अत्यन्तै वढी अधिकार दिएको छ । त्यो हामी मान्छौ । तर, त्यो संविधानलाई कार्यन्वयन गर्नका लागि हामीसँग कर्मचारीको अभाव छ । कर्मचारी अभाव हाम्रो लागि सवैभन्दा ठूलो चुनौती हो । त्यस कारणले हामीले नागरिकलाई दिने सेवा सुविधामा बाधा पुगेको छ । नागरिकहरुलाई हामीले व्यवस्था बदल्यौ, हाम्रो विवस्था बदलिएको छैन । हामी सुशासन लागू गर्दैछौ । भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लागू गरेका छौ । तथापी, कार्यकर्ताको बिचमा, वरीपरी रहने साथीभाईहरुले के आशा गरिरहेका हुन्छ भने कम्ती पनि यो काम सञ्चालन वापत यति निकाल्न सकिन्छ भन्ने कुरामा उहाँहरुको आशा रहन्छ । त्यसलाई हामीले चिर्ने कोशिष गरीरहेका छौ । बाँकी अफठ्याराहरु केही छैनन् । आफ्नो ऐन, कानुन निर्माण गरिरहेका छौ । आफ्नो ऐन, कानुन निर्माण गरेर काम सञ्चालन गर्नमा कसैले वाधा गरेको छैन, संविधानले रोकेको छैन । जम्मा कर्मचारीको अभाव हो त्यो कारणले मात्र अलिकती सेवा प्रवाहमा समस्या आईरहेको छ ।
समाधान केके हुन् ?
सङ्घीय सरकारले वेलैमा कर्मचारीको व्यवस्थापन गरिदिनु प¥र्यो । नागरिकहरु सवैले बुझ्नु भएको छ । संविधानतः गाउँपालिका, नगरपालिकालाई अत्यन्तै वढी अधिकार छ । त्यो अधिकार उहाँहरुले त्यो सुविधा खोज्न गाउँपालिका आईरहनु भएको छ । तर, सङघीय सरकारले कर्मचारी पठाउनु भएको छैन । संघीय सरकार कतातिर लागेको देखिन्छ भने, विकासे अड्डाहरुको नाममा विभिन्न इकाईहरु खडा गरेर स्थानीय तहलाई असफल पार्ने हो कि भन्नेतर्फ लागेको छ । त्यतातिर लागिएन भने र संविधानले जुनजुन अधिकार दिएको छ । त्यो अधिकारहरु स्थानीय तहमा पठाइयो भने त्यसको समाधान छिटो निस्कन्छ जस्तो लाग्छ ।
पाँच वर्षीय कार्यकालमा तपाईहरुको गाउँपालिका कस्तो रुपमा पाउछौ ?
हामी नमुना गाउँपालिका बनाउछौ । संमृद्ध गाउँपालिका बनाउछौ । र, कम्तीमा पनि सङघीयताको अनुभूत गराएर सङघीयता हाम्रो लागि रहेछ । सङघीयता जनताको लागि रहेछ, आम दिनदुखी गरीबका लागि रहेछ भन्ने अनुभूती गराइदिन्छौ । प्रस्तुती चिसाङ शेर्पा
२०७६ असार २६ गते मध्यान्ह १२ :५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology