• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वातावरणीय रुपमा टायलको छानो फाइदाजनक

वातावरणीय रुपमा टायलको छानो फाइदाजनक


चिसाङ शेर्पा
  • बुधबार, असार २५ २०७६

  •  दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा टायलले छाएका घरहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    टायलले नछाएको गाउँमा कुनै घर छैन । प्राकृतिक रुपमा समेत फाईदाजनक मानिएको टायलले छाएको घरहरु देख्दा मनै आनन्द हुन्छ । नयाँ ठाउँबाट आएकाहरुको आँखा टायलको छानोमा पुग्छ । मनमा जिज्ञासा हुन्छ अहिलेको समयमा पनि टायलको छानो । टायल कसरी बन्छ, कहाँ बन्छ ।

    जिल्लाको विभिन्न स्थानमा फाट्टफुट्ट टायलले छाएका घरहरु देखिए पनि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सात वडाका घरहरु टायलले छाइएको छ । घरहरु चिटिक्क परेका छन् । १९९० साल अघिबाट गाउँमा टायल लगाउदै आएको भए पनि याम्खामा टायलको सुरुवात कसले ग¥र्यो भन्ने ईतिहास पाउन सकिन्न तर, १९९० सालपछि काठमाण्डौ धुलिखेलका ‘नाइके’ नाम गरेकाले याम्खामा आएर टायल बनाउन सिकाएपछि गाउँले आफैले टायल बनाएर प्रयोग गर्न थालेको याम्खाका स्थानीय शुक्र राईले बताए । याम्खाका अधिकांश घर टायलले छाइएको छ ।


    रातो चिम्टाईलो माटो र केही वालुवा हालेर बनाईने टायलमा चारजना जनशक्तिको आवश्यकता पर्दछ । काठको साँचो भिजाएर वालुवा लगाउने, पुनः त्यो वालुवा फ्याँक्ने, चिम्टाईलो मुछेको रातो माटो साँचोमा भर्ने गर्नुपर्दछ । त्यसपछि तारले काट्ने, माथिवाट वालुवा छर्ने, अर्कोपटीको भाले साँचोले थिचेरे भट्टीमा पकाएपछि टायल तयार हुने याम्खाका भुक्तभोगी विष्णु खत्रीले बताए । पुस र माघ महिनामा टायल बनाउन उपर्युक्त हुने खत्रीले बताए । विभिन्न चित्र कोरेर स्थानीयहरुले निर्माण गरेको टायल अन्य स्थानमा विक्री नभए पनि गाउँकै स्थानीयले इलामसम्म पुगेर टायल बनाई आम्दानी गर्ने गरेका छन् ।


    गाउँघरमा महंगो मूल्यमा टिनका छानोहरु लगाउने होडबाजी चलिरहंदा त्यस गाउँपालिकाको याम्खामा भने अहिले पनि टायलकै छानो लगाउनेको संख्या बढीरहेको छ । यस्तै, डाडाँगाउँ, छोरम्बु, सप्तेश्वर छितापोखरी, टेम्मा र छितापोखरीमा टायलको छानो लगाइएको छ । टिनको छानो लगाएमा वढीमा ४/५ वर्ष टिक्छ । टिनलाई कलर गर्नुप-र्यो, भएन टिनै फेर्नुपर्छ तर, टायलको छानो लगाएमा पाँच पुस्तालाई ढुक्क हुने सोही स्थानका दिलीप राईले बताए । स्थानीय स्तरमै निर्माण हुने टायल प्रयोग गर्दा त्यहाँका वासिन्दालाई आर्थिक भार समेत नपर्ने राईले बताए ।

    टायलले घरको छानो छाउदा मुख्यतः आगोको डर नहुने, घाम लाग्दा टिनको छानो जसरी तातो नहुने, चिसो मौसममा टिनको छानो जसरी चिसो नहुनाले गाउँभरी नै टायलको प्रयोग भएको याम्खाका स्थानीय विष्णु खत्रीले बताए । टायलको छानो प्रयोगले विशेषगरी आगलागीबाट सुरक्षित वस्न सकिने स्थानीयहरुको भनाई छ । सो गाउँमा भएको टायलको छानो ऐतिहासिक भएको अनुमान गरिएको छ ।
    २०७६ असार २५ गते साँझ ५ :४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology