• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विष हालेर माछा मार्दै स्थानीय,स्थानीय सरकार बेखबर

विष हालेर माछा मार्दै स्थानीय,स्थानीय सरकार बेखबर

लोप हुंदै माछा


चिसाङ शेर्पा
  • शनिबार, असार २१ २०७६

  • सावाखोलामा विष हालेर माछा मार्दै स्थानीयहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    स्थानीयहरुले विष हालेर माछा मार्न थालेपछि खोटाङमा माछा लोप हुन थालेको छ । जिल्लाको विभिन्न स्थानमा रहेका खोला, कोशीहरुमा विष तथा करेण्ट लगाएर माछा मार्न थालेपछि स्थानीय जातका माछाहरु दिनानु दिन लोप हुंदै गईरहेको छ ।


    विभिन्न खोलाहरुमा लुकीछिपी माछा मार्ने गरेको खबरहरु सुन्नमा आए पनि खोटेहाङ गाउँपालिका–४ बड्कादियाले र जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको सिमानामा अवस्थित सावाखोलामा स्थानीयहरु उर्लेर विष प्रयोग गरी माछा मार्ने गरेका छन् । अडेरी काडाँको विष बनाएर उनीहरुले माछा मार्ने गरेका हुन् । खोलामा विष हालेर माछा मार्न थालेपछि माछा लोप हुदै गएको छ ।


    विष हालेपछि माछा लाटिने, मर्ने र मार्नलाई सहज हुने गरेको सवाकटहरेका एकजना स्थानीयले बताए । सधै यसरी माछा नमार्ने र कहिलेकही मार्ने गरेको स्थानीयहरुको भनाई छ । विष प्रयोग गरेर माछा मारे पनि कसैले केही गर्न नसक्ने सोही स्थानका अर्को एकजना स्थानीयले सुनाए । सवाकटहरे, बड्कादियालेका गाउँले उर्लेर विष प्रयोग गरी सावाखोलामा माछा मार्दासम्म स्थानीय सरकार बेखबर छन् ।


    दुवाली छेकेर माछा मार्ने फरक कुरा भएपनि विषादी प्रयोग गरेर माछा नमार्न भनि धेरै अगाडी सूचना जारी गरिएको र विष हालेर माछा मार्ने विरुद्ध एक्सन पनि लिइसकेको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदिप राईले बताए । तर, सावाखोलामा पनि विष हालेर माछा मार्छन भन्ने मलाई जानकारी थिएन । उनले भने, ‘त्यो विषयमा कार्यपालिकाको वैठकमा कुरा उठाउछु ।’

    २०७६ असार २१ गते दिउँसो १ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology