समायोजन खबर खोटाङ,
थुलुङ राई सांस्कृतिक प्रतिष्ठानले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकाको सिमानामा निर्माण गरिएको प्रवेशद्धारमाथि गजुरकोरुपमा राखिएको चिन्डो तोडफोड गर्नमा संलग्न दोषीमाथि कारबाही माग गरेको छ । गजुरकारुपमा राखिएको चिन्डो असार १७ गते राती अज्ञात समुहबाट तोडफोड भएको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रतिष्ठानले तोडफोडमा संलग्न दोषीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग सरकार समक्ष गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई र महासचिव पदम थुलुङले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सांस्कृतिक धरोहरमाथि आक्रमण गर्ने दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका हुन् । प्रतिष्ठानले साँस्कृतिक धरोहरकारुपमा रहेको चिन्डो तोडफोड गर्ने र सामाजिक सद्भाव खलबल्याउने झुण्डलाई कडाभन्दा कडा कारबाही गर्न र चिन्डोको यथाशिघ्र पुःननिर्माणको माग राखेका छन् ।

किरात समुदायको साँस्कृतिक सम्पत्ती मानिने चिन्डोलाई दुई स्थानीय तहको भित्तेखोलास्थित प्रवेशद्धारमाथि गजुरकारुपमा राखिएको थियो । ‘अरुको अस्तित्व स्वीकार्न नचाहने तत्वहरुको यसखालको घृणित कार्यको घोर भत्र्सना गर्दै अपराधीलाई कानुनको कठघरामा ल्याएर हँदैसम्मको कारबाही गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस खाले अतिवादीलाई कारबाही नगरे तिनीहरुको मनोबल अझै बढ्न गई भविश्यमा अकल्पनीय घटना घटाउन सक्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौ ।’
२०७६ असार १९ गते राती ८ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology