• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बैंकरले चलाएको अनलाइन किन भयो पूर्व माओवादी नेता खुइल्याउन सक्रिय

बैंकरले चलाएको अनलाइन किन भयो पूर्व माओवादी नेता खुइल्याउन सक्रिय


समायोजन खबर
  • आइतबार, असार ८ २०७६

  • समायोजन खबर काठमाण्डौं,
    चर्चित बैंकरहरुको छत्रछायाँमा सञ्चालित एक अनलाइन नेकपा (विशेषगरी पूर्व माओवादी) नेतालाई खुइल्याउन सक्रिय देखिएको छ । हाल नबिल बैंकका सिइओ रहेका अनिल शाह र मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीको सहयोगमा सञ्चालित उक्त अनलाइन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल र कृष्णबहादुर महरालाई टार्गेट गर्दे दुस्प्रचार गरिएको छ । मिडियामार्फत् राजनीति गर्न बैंकरद्धयले आफ्नै छत्रछायाँमा उक्त अनलाइन सञ्चालनमा ल्याएको वर्तमान घटनाक्रमले देखाउन थालेको छ । उक्त अनलाइन सञ्चालनमा आउँदाको समय अनिल शहा मेगा बैंकको सिइओ थिए ।

    नेकपा एमाले र माओवादी केन्द्र एकिकरण भइ नेकपा बनेपछि उनीहरुले पूर्व माओवादी केन्द्रका नेताको साख गिराउन नियोजित रुपमा प्रचारवाजी गरिरहेको विषयमा छलफल भएको छ । छलफलका क्रममा सञ्चालक खोज्दै जाँदा बैंकरद्धयको राजनीतिक अस्त्र उक्त अनलाइन रहेको खुलेको हो । पूर्व माओवादी नेता र उनीहरुका आफन्तका विषयमा नियोजित समाचार आउन थालेपछि उक्त आलाइन संञ्चालनको नियतको विषयमा नेताहरु बीच छलफल भएको हो । बैंकरको सहयोगमा सञ्चालित उक्त अनलाइनको पहिलो टार्गेट भने गृह मन्त्री रामबहादुर थापा बादल देखिन्छ । गृहमन्त्री मात्रै होइन, गृहमन्त्रीका छोरालाई समेत जोडेर अनेकथरी कपोलकल्पीत प्रचार भैरहेको छ ।

     

    त्यसपछि अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल र बुहारी बिना मगरका विषयमा विभिन्न समाचार आइरहेका छन् । कुनै पुष्टयाइँ, सत्य, तथ्य नभएका समाचारका साथै लेखहरु समेत आउने गरेको नेताहरुको बुझाई रहेको छ । अनलाइनले अध्यक्ष प्रचण्डमाथी सिधै प्रहार गर्न नसकेपछि छोरीबुहारी विरुध खनिएको देखिन्छ । नेकपा अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतालाई भाड्न केहि शक्तिलाई पार्टी एकता मन नपरेको भन्दै नियोजित रुपमा कहिले आफु विरुद्ध दुस्प्रचार हुनेगरेको बताउनु भएको छ ।

     

    सभामुख कृष्ण बहादुर महरा र उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशका विरुद्धमा पनि उक्त अनलाइनले दुस्प्रचार गर्ने गरेको छ । सभामुख महराकी नातेदार पर्ने भएकै कारण यतिबेला काठमाडौं मल व्यापार संघकी अध्यक्ष शुष्मा महरा उक्त अनलाइनको टार्गेटमा परेकि छिन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी कोषाध्यक्ष समेत रहेकी महराले काठमाडौं मलमा भएको घोटालामा संलग्नहरुसँग ती बैंकरहरुको सम्बन्ध हुनसक्ने यसले संकेत गरेको छ । गणतन्त्रका लागि लडेको पार्टीकै नेताहरु निरन्तर टार्गेटमा पर्नुमा गणतन्त्र पक्षधरलाई कमजोर बनाएर राजतन्त्र ब्युताउन एक समुह सक्रिय छ । बैंकर सञ्चालक तथा सहयोगी रहेको यो अनलाइन त्यही समुहद्धारा परिचालित त छैन भन्ने आशंका समेत यसले उब्जाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology