समायोजन खबर काठमाण्डौ,
भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव आज नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवाती तूफान ‘वायु’का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने मौसमविद मञ्जु बासीले जानकारी दिनुभयो । तर चक्रवाती तूफानको बलियो असर नपर्ने उहाँको भनाई छ ।

पश्चिमी वायुको प्रभाव सक्रिय रहेकै अवस्थामा चक्रवाती तूफान ‘वायु’को सामान्य प्रभाव रहने भएकोले अधिकांश क्षेत्रको मौसम बदली हुनेछ । आज देशका अधिकांश स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पश्चिम तराईमा आज पनि हावाहुरी चल्ने सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७६ जेठ ३० गते बिहान ९ :०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology