• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विज्ञापन रद्द गर्ने संसदीय समितिको निर्देशनमा साझा विवेकशीलको बिरोध

विज्ञापन रद्द गर्ने संसदीय समितिको निर्देशनमा साझा विवेकशीलको बिरोध


समायोजन खबर
  • मंगलबार, जेष्ठ २८ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरिएको विज्ञापनका विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णय र निर्देशनप्रति साझा विवेकशील पार्टीले बिरोध जनाएको छ । विज्ञापन रद्द गर्न दिइएको निर्देशन गैरजिम्मेवार कार्य भएको पार्टी प्रवक्ता डा. सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    लाखौंको संख्याका शिक्षित र सक्षम युवा बेरोजगार हुनु परिरहेको अवस्थामा अर्कोतर्फ सक्षम कर्मचारीको अभावले स्थानीय सरकारका नियमित काममा व्यवधान पुगेको विज्ञप्तिमा उल्लेख छ । राजनीति भागबण्डाले राज्यका विभिन्न अङ्गहरू नै जर्जर भइरहेको अवस्थामा फेरि राजनीतिक भागबन्डाकै उद्देश्य राखेर लोकसेवाको विज्ञापन रद्द गरिनु नहुने पार्टीको ठहर छ ।

     

    यसैविच लोकसेवा आयोगको विज्ञापन रोक्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोधमा प्रदर्शन भएको छ । केही विद्यार्थीले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न नपाइने बताएका छन् ।
    २०७६ जेठ २८ गते राती ९ : ४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology