Samayojan khabar

Advertisment

SKIP THIS

तुवाचुङ जायजुममा किरात राईको सामुहिक चुला पुजा

तुवाचुङ जायजुममा किरात राईको सामुहिक चुला पुजा




चिसाङ शेर्पा खोटाङ,
जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ जायजुममा किरात राई समुदायले संसारभरीका किरातीहरुको सामुहिक चुला पुजा गरेका छन् । तुवाचुङ जायजुममा शनिबार नछुङ (धामी) लगेर तीन चुलाको पुजा गरिएको हो । किरात राई समुदायको उद्गम थलो मानिने ऐतिहासिक एबं पर्यटकीयस्थल तुवाचुङ जायजुममा प्रात पुर्खाहरुको सम्झना एबं संस्कार संस्कृतिको संरक्षणको सन्देश दिनका लागि तुवाचुङ जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुंगा लगायतका राई समुदाय भेला भएर तीन चुलाको पुजा गरेका हुन् ।


किरात राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती बोकेको स्थलमा हरेक बैशाख पूर्णीमा र मंसिर पूर्णीमाको अवशरमा एक/एक पटक चुला पुजा गर्नेगरिएको संरक्षण समितिका महासचिव दिनेश राईले बताए । साकेला उभौलीको अवशरमा संरक्षण समितिको कार्यालयमा चुला पुजा गरेपछि रैछाकुले, तायामा र खियामा तथा भूमे पुजा समेत गरिएको छ ।


त्रि–धार्मिकस्थल हलेसिभन्दा केही माथि रहेको तुवाचुङ जायजुममा नेपाल सहित भारतको दार्जिलीङ र सिक्किमका राई समुदाय पुजाआजाका लागि आउने गरेको संरक्षण समितिका अध्यक्ष राकेश राईले बताए । चुला पुजाको अवशरमा तुवाचुङ जायजुमडाँडामा बृहत साकेला सिली प्रदर्शन गरिएको छ । खोटाङ र उदयपुरबाट आएका १२ समुहले ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै तुवाचुङ जायजुमडाँडा गुञ्जाएका छन् । बृहत साकेला सिली हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उद्घाटन गरेका थिए ।


२०७६ जेठ २६ दिउँसो २ :२८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology