समायोजन खबर खोटाङ,
गत बैशाख २४ गतेको आठौं जिल्ला अधिबेशनबाट किरात राई समुदायको सामाजिक संस्था ‘किरात राई यायोक्खा’ खोटाङको अध्यक्ष पद दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका हात्तीराम राईले सम्हालेका छन् । यायोक्खा खोटाङको विषयलाई लिएर अध्यक्ष राईसँग समायोजन खबरले गरेको कुराकानी प्रस्तुत छ ।
किरात राई यायोक्खा खोटाङ कस्तो संस्था हो ।
यो किरात राई समुदायको सामाजिक संस्था हो । विशेष गरेर किरात राईहरुको भाषा, संस्कार, सस्कृतिको संरक्षण प्रर्बधन र बिकास गर्दै आ,आफ्नोे ईतिहास र पहिचान जनित कामहरु गर्दछ ।
नयाँ पूराना गरी संस्थाभित्र विभिन्न प्रकारका पदाधिकारीहरु छन् । आन्तरिक समस्या त छैन ?
यस ययोक्खामा त्यस्तो कुनै आन्तरिक समस्या छैन कहिलेकहि राजनीतिक पार्टीहरु हाबि हुन खोज्छन् यस्तो हुनु बिडम्बना हो ।
किरात राई यायोक्खालाई अझ कस्तो बनाएर लैजाने योजना छ ।
किरात राई ययोक्खा खोटाङलाई किरात भनिने बहुभाषिक राईहरुको साँझा संस्थाको रुपमा स्थापित गर्नको लागि सहकार्य, सहभागिता र सह,अस्तित्वको काम गर्दै जाने, ययोक्खालाई आत्मनिर्भर बनाउँन बिभिन्न कोषहरु स्थापना गर्ने, भाषा संस्कार, संस्कार/संस्कृति, ईतिहास र पहिचान जनित स्थलहरुको संरक्षण प्रर्बधनजस्ता कामहरुको अल्पकालिन् र दिर्घकालिन् योजना बनाएर जाने योजना छ ।
सामाजिक कार्य गर्नका लागि खुलेको विभिन्न संघसंस्थाहरु पछिल्लो समय राजनीतितर्फ मोडिएको देखिन्छ ? त्यसैमा रुमालिदै त छैन किराया खोटाङ ?
सहि प्रश्न गर्नुभयो । धेरै संस्थाहरुमा राजनीतिकरण भईरहेको र राजनीतिकरण गर्ने प्रयास भएको देखिन्छ । मेरो बिचारमा यो काम दुर्भाग्य हो । राजनीतिकरण संस्थामा गर्ने होइन । सबै बिचारलाई फर्कन/फुल्न दिनुपर्छ । राजनीति गर्ने मान्छेहरु संस्थामा नआउनु नै बेस हो । यदि आई हालेछन् भने राजनीति छोड्नु प-र्यो यसोे गर्दा संस्था निश्कलंक हुनेछ, शुद्ध हुनेछ र निष्पक्ष सबैको हुनेछ । हाम्रो किरात राई यायोक्खा खोटाङमा भने राजनीतिकरण भएको छैन । यो आफ्नै स्वतन्त्रपूर्बक आफ्नै बिधान नीति नियममा चल्दै आईरहेको छ ।
तपाईको कार्यकालभित्र किरात राई यायोक्खा खोटाङले अब के–के गर्छ ?
मैले अघि नै भनी सकेको छु । पहिलो चाँहि १ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गर्ने अभियानमा लाग्ने, किरात राईहरुको संगठन बिस्तार गर्ने, भाषिक राईहरुको भाषा संस्कार/संस्कृतीको संरक्षण र प्रर्बद्धन गर्ने, यसमा विधालयमा पाठ्यक्रम पाठ्यपुस्तक तयारगरी पठनपाठन गर्ने/गराउने, किरात राईहरुको ईतिहास र पुरातात्विक स्थलहरुको संरक्षण गर्ने र यायोक्खालाई आत्मनिर्भर बनाउन कोष, अक्षय कोषहरुको स्थापना गर्ने ।
यो पनि पढ्नुहोस
किरात राई यायोक्खा खोटाङको अध्यक्षमा हात्तीराम
२०७६ जेठ २३ गते साँझ ६ : ०४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology