समायोजन खबर काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’ लाई निरन्तरता दिनुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपी अभियानलाइ निरन्तरता दिनुभएको हो । प्रधानमन्त्री ओलीबाट गत वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा सिंहदरबार परिसरमा फलफूलका विरुवा रोपण अभियान आरम्भ गर्नुभएको थियो । सरकारले आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रुपमा मनाउन नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरिसकेको छ ।

साथै कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलका विरुवा उत्पादन गर्ने तथा खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोपण गर्ने नीति अवलम्बन गरिएको छ । सोही नीतिको कार्यान्वयन गर्ने सिलसिलामा आजको अभियानलाई निरन्तरता दिँदै सरकारले राष्ट्रव्यापी रुपमा विस्तार गर्न सरकारका सबै निकाय, स्थानीय तह, गैरसरकारी संस्था एवं नागरिकमा अनुरोध गरेको छ । सरकारले अभियानअन्तर्गत गत वर्ष मुलुकभर कागती, अलैंची, सुन्तला, आँप, लिची, केरा स्याउ, अम्बा, अनार, जुनार, ओखर, लप्सी, किबी, अङ्गुर, अमला, मेवा, मौसम, नासपाती, एभोकाडो, हलुवावेदलगायत फलफूलका २३ लाख १६ हजार ७ सय ३९ विरुवा रोपण गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

२०७६ जेठ २२ गते साँझ ५ : ४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology