• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपाको सचिवालय बैठक आज बस्दै, विभाग र जिल्ला इन्चार्ज तोक्ने

नेकपाको सचिवालय बैठक आज बस्दै, विभाग र जिल्ला इन्चार्ज तोक्ने


समायोजन खबर
  • मंगलबार, जेष्ठ २१ २०७६

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    सत्तारुढ नेकपाले पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । आज बोलाइएको बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने तयारी छ । संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका रूपमा राख्दै कार्यविभाजनको निर्णय लिने गरि एजेण्डा तय भइको नेकपाका सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।


    कार्यविभाजन तय गर्न यसअघि दुई अध्यक्षबीच छलफल भएको थियो । महासचिव विष्णु पौडेलले कार्यविभाजन प्रस्ताव तयार पारी दुई अध्यक्षलाई बुझाउनु भएको छ । नेकपामा संगठन, स्कुलिङ, विदेश मामिला, प्रचार तथा प्रकाशन विभागको नेतृत्व तोकिएको छैन । संगठन विभागमा नेताहरुको चासो बढी देखिन्छ । नेकपामा ३२ विभाग छन् । मूख्यमा सचिवालय सदस्यलाई जिम्मा दिने तयारी छ । नेकपाको पोलिटब्युरो गठन भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यूरोपबाट फर्केपछि मात्रै हुनेछ । प्रधानमन्त्री ओली २५ गते ९ दिनका लागि यूरोप जाने तयारी छ । बैठकले भूगोलका ७७ वटै जिल्लाका इन्चार्जको टुंगो लगाउने पनि तयारी गरेको छ ।
    २०७६ जेठ २१ गते बिहान ८ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology