• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साप्सुखोला पुलको ठेक्का लाग्यो

साप्सुखोला पुलको ठेक्का लाग्यो


चिसाङ शेर्पा
  • मंगलबार, जेष्ठ २१ २०७६

  • पुलको सम्झौता गर्दै गाउँपालिका र निर्माण कम्पनी । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको खाल्ले र याम्खाको सिमानामा रहेको साप्सुखोलास्थित ‘बाटो फेदी’ भन्ने स्थानमा निर्माण हुने मोटरेबल पक्की पुलको ठेक्का लागेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले सिमानामा पर्नेे साप्सुखोलामा ४० मिटर लम्बाई र ६ मिटर चौडाईको मोटरेबल पुलको ठेक्का लागेको हो ।

     

    खाल्लेको आहालेबाट साप्सुखोला हुंदै याम्खासम्म गाउँपालिकाले विस्तार गरेको सवैभन्दा छोटो दुरीको सडकको बिचमा पर्नेे साप्सुखोलाको बाटो फेदीमा बन्ने मोटरेबल पक्की पुलको ठेक्का सुर्य एण्ड सन्स प्रालिलाई लागेको हो । पुलका लागि गाउँपालिकाले इ–बिडिङबाट प्राविधिक/आर्थिक प्रस्ताव छट्टाछुट्टै माग गरिएपछि सवैभन्दा कम कबोलमा उक्त निर्माण कम्पनीलाई ठेक्का परेको गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । ठेक्का लागेपछि जेठ १७ गते गाउँपालिका र निर्माण कम्पनीविच सम्झौता भएको छ । ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ लागतमा निर्माण हुने मोटरेबल पुल सम्झौता भएको मितिले दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।


    पुलका लागि प्रदेश सरकारबाट १ करोड ३५ लाख बजेट बिनियोजन भएको छ । अपुग बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । प्रदेश र सङघीय सरकारले बजेट नदिएमा गाउँपालिकाबाट बजेटको व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष राईले बताए । हप्ता दिनमा निर्माण कम्पनी, गाउँपालिका, स्थानीय तथा सरोकारवालाविच सार्वजनिक सुनुवाई गरेर पुलको काम सुरु हुने उनले बताए । तर, पुल निर्माणमा प्राविधिक सहयोग गर्ने एलआर बिपीसँग ड्रोइङको पर्खाइमा रहेको र एलआर बिपीबाट ड्रोइङ प्राप्त भएपछि काम सुरु गरिने निर्माण कम्पनी सुर्य एण्ड सन्सका निर्देशक उमेश श्रेष्ठले बताए ।

     

    जिल्लाको दक्षिणी भेगका स्थानीयका लागि सदरमुकाम दिक्तेल आवतजावत गर्न सबैभन्दा छोटो दुरीको सडकमा पक्की पुल बन्ने भएपछि स्थानीय हर्षीत भएका छन् । निर्वाचित भएको तीन महिनामा पुलको डिपिआर तयार गरेको गाउँपालिकाले अथक प्रयासमा टेण्डर आव्हानको प्रक्रिया सकेर पुल बनाउने टुंगोमा पुगेपछि गाउँपालिकाले बिकासमा फड्को मार्ने अपेक्षा गरिएको छ । सदरमुकाम दिक्तेल नजिक रहेको गाउँपालिका जानआउन छोटो दुरीको सडकमा पुल नहुंदा भनेजस्तो बिकास गर्न नसकिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । पुल नहुंदा हाल हिउँदमा पानी घटेको बेला मात्र उक्त रुटमा सवारी साधन चल्ने गरेको छ । साप्खुखोलामा पक्की पुल नहुनु नै सो गाउँपालिकासहित अन्यका लागि बिकासको बाधक बनेको छ ।
    २०७६ जेठ २१ गते बिहान ७ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology