समायोजन खबर काठमाण्डौ,
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द पनि नेकपामा मिल्ने बताउनुभएको छ । चन्द समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आज नेकपा प्रवेश गराउँदै प्रचण्डले हिंसाले गन्तब्यमा नपुगिने धारणा राख्नुभयो । अरु व्यक्ति र पार्टीलाई पनि पूर्वाग्रह नराखी नेकपामा मिसिन प्रचण्डको आग्रह थियो ।
अहिलेको हिंसात्मक बाटो गलत रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशले एउटै ठूलो कम्युनिष्ट पार्टी खोजेको धारणा राख्नुभयो । चन्द समूहमा राई सरकारसँग वार्ता गर्नुपर्छ भन्ने भनाइमा रहेका कारण चन्द समूहले हालै पार्टीबाट निलम्बित गरेको थियो ।
२०७६ जेठ १९ गते राती ९ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology