• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोल्मामा साकेलाको शतवार्षिकी मनाइयो

सोल्मामा साकेलाको शतवार्षिकी मनाइयो


समायोजन खबर
  • आइतबार, जेष्ठ १९ २०७६

  • सयवर्ष पुगेको साकेला थानमा साकेला नाच्दै राई समुदाय । तस्बिर:समायोजन खबर

    समायोजन खबर खोटाङ
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको डाँडागाउँस्थित साकेला थान स्थापना भएको सय वर्ष पुगेको छ । मतरियाक्सुम जंगसिं किरात नामले चिनिने साकेला थान स्थापना गरेको र सो स्थानमा साकेला नाच्न सुरु गरेको सय वर्ष पुगेको अवशरमा शनिबार सतवार्षिकि मनाइएको छ । बिक्रम सम्बत् १९७६ सालमा स्थापना गरिएको मतरियाक्सुम साकेला थानमा किरात राई समुदायले ढोल–झ्याम्टा बजाउँदै र साकेला गीत गाउँदै धुमधामकासाथ साकेला नाचेर सतवार्षिकि मनाइएको हो । सय वर्ष इतिहास बोकेको साकेला थानमा स्थापनादेखि हालसम्म साकेला पुज्दैआइएको मतरियाक्सुम जंगसिं किरात साकेलाथान संरक्षण समाजका अध्यक्ष मणिन्द्र राईले बताए ।


    स्थानीय राई समुदायले सोल्माभन्दा तल पर्ने पुर्वदिक्तेलमा रहेको साकेला थानमा साकेला मनाउने गरेकामा सोल्माको होस्माटोलमा सारिएको र होस्माटोलबाट साकेला बाँड्नेक्रममा सय वर्षअघि डाँडागाउँमा स्थापना गरिएको हो । स्थानीय मुन्धुमविद नरबहादुर राईले सात दिन सात रातसम्म मुन्धुम गाएर साकेला पत्ता लगाएर डाँडागाउँमा विधिवत साकेला स्थान स्थापना गरिएको किंवदन्ती रहिआएको छ । असारको समयमा एक दिन एक रात चिन्ता बसेपछि साकेला निकालिएको स्थानीय बृद्धबृद्धाको भनाई छ ।

    यसै कारण सोल्माका राई समुदायले मतरियाक्सुम साकेला थानलाई ऐतिहासिक साकेला थानकारुपमा पुज्ने गरेका छन् । ऐतिहासिक साकेला थानलाई हाल घेराबारा हालेर संरक्षण गरिएको छ । डाँडागाउँस्थित साकेला थानमा नौ पगरी राई दाजुभाईमध्ये अकिलधन राई र जमसिं राई पगरीहरुले निरन्तर पुजाआजा मान्दै आएको अध्यक्ष राईले बताए ।  २०७६ जेठ १९ गते बिहान ८ :१४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology