• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन


समायोजन खबर
  • आइतबार, जेष्ठ १२ २०७६

  • नाछिरिङ राई भाषाको पाठ्यापुस्तक बिमोचन गर्दै राष्ट्रिय गानका सर्जन व्याकुल माईला लगायत । तस्बिर : समायोजन खबर

    समायोजन खबर खोटाङ,
    नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको छ । पुर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको पठन–पाठनका लागि आईतबार काठ्माण्डौंमा औपचारिक कार्यक्रम गरी नाछिरिङ राई भाषाको कक्षा १ को पाठ्यापुस्तक विमोचन गरिएको हो । ए–वान पार्टी प्यालेस, चावहिलमा आयोजित कार्यक्रममा राष्ट्रिय गानका सर्जक व्याकुल माईला, भाषाविद डा. तारामणि राई लगायतले पाठ्यापुस्तक विमोचन गरेका हुन् । सोलुखुम्बु र खोटाङका नाछिरिङको बाहुल्यता रहेको विद्यालयमा नाछिरिङ भाषाबाट पठन–पाठन गर्नका लागि तयार पारिएको पाठ्यापुस्तक सार्वजनिक गरिएको हो ।

     

    किरात रदु नाछिरिङ साखाम केन्द्र काठ्माण्डौंले प्रकाशन गरेको पाठ्यापुस्तक रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्याक्रम तथा पाठ्यापुस्तक लेखन समितिले तयार पारेको हो । लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहास लगायतको संरक्षण एबं संवद्र्धनको लक्ष्यकासाथ आफ्नै भाषामा पाठ्यापुस्तक तयार पारेर पठन–पाठन सुरु गर्न लागिएको साखामकी केन्द्रीय उपाध्यक्ष कमलकुमारी राईले बताईन् । पहिलो चरणमा सोलुखुम्बूको सोताङ गाउँपालिकाका ५ विद्यालय र खोटाङको ऐसेलुखर्क गाउँपालिकाको तीन विद्यालयमा भाषिक पठन–पाठन सुरु गर्न लागिएको साखामले जनाएको छ ।
    स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठन–पाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्यता रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठन–पाठनका लागि समितिले पाठ्याक्रम तयार पारिसकेको छ । भाषाविद् डा. तारामणि राईको सहयोग र समन्वयमा पाठ्यक्रम निर्माण समिति तथा नाछिरिङ भाषा बोल्न जान्ने पुर्खासँग विभिन्न चरणमा सञ्चालन गरिएको कार्यशाला/गोष्ठी पश्चात पाठ्याक्रमलाई अन्तिम रुप दिइएको हो ।

    गत मंसिर १४ गते ३५ भन्दा बढि नाछिरिङ पुर्खाहरुको उपस्थितिमा धरानमा सम्पन्न पहिलो कार्यशाला गोष्ठीले ‘हामी सबै एउटै नाछिरिङ हौँ, हाम्रो भाषा एउटै नाछिरिङ हो’ भन्ने निष्कर्ष सहित भाषाको पाठ्यक्रम निर्माण सुरु गरेको थियो ।  नाछिरिङ भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता भाषिक विकासका साथै सामाजिक तथा साँस्कृतिक संरक्षण तथा सम्वद्र्धनको लक्ष्यकासाथ पाठ्याक्रम निर्माण गरिएको पाठ्याक्रम तथा पाठ्यापुस्तक लेखन समितिका संयोजक नाछिरिङले बताए ।


    २०६८ सालको जनगणना अनुसार नाछिरिङ भाषा बोल्न जान्ने जनसंख्या १० हजार ४१ जना रहेको साखामले जनाएको छ । सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यस बाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोवास रहेको छ ।
    २०७६ जेठ १२ गते साँझ ६ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology