• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उभौली सुरु, महिना दिन मनाइदै

उभौली सुरु, महिना दिन मनाइदै


चिसाङ शेर्पा
  • शनिबार, जेष्ठ ४ २०७६

  • मझुवागढीमा साकेला नाच्दै किराती समुदायहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    किरात समुदायको महान चाड साकेला उभौली शुरू भएको छ । बैशाख पूर्णीमाको अवशरमा पुर्वी खोटाङ सहित किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला उभौली सुरु भएको हो । किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आई नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको छ ।

    खोटाङमा किरात राई यायोक्खाको आयोजनामा शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीमा सामूहिक साकेला नाचेर विधिवत रुपमा उभौली सुरु भएको किरात राई यायोक्खा खोटाङका उपाध्यक्ष सन्जयकुमार राईले बताए । दिक्तेलस्थित रत्नपार्कमा रहेको यायोक्खाको कार्यालयबाट सुरु भएको साकेला नाच मझुवागढीमा पुगेर दिनभर नाचिएको थियो । आजबाट सुरुवात भएको उभौली पर्व जेठ ३२ गते दिक्तेलको माटिकोरे खेलमैदानमा समापन गरिनेछ । साकेला पर्वको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला नाच्ने प्रचलन छ ।

         मझुवागढीमा साकेला नाच्दै किराती समुदायहरु । तस्विर चिसाङ शेर्पा

    साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा दुई पटक महिना दिनसम्म मनाईन्छ । साकेन्वा, साकेवा, साकला लागायतका नामबाट चिनिने साकेलाको अवशरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा रहिआएको छ । साकेलाको अवसरमा महिना दिन आफन्त, साथीभाई, नरनाता, छरछिमेकबीच पारिवारिक तथा ब्यक्ति–ब्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
    साकेला पर्व र साकेला नाचको शुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको शुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । यद्यपी, किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन् । उभौली पर्व खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाईन्छ ।

    २०७६ जेठ ४ गते साँझ ५ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology