मिडिया काउन्सिल विधेयक बिरुद्ध सञ्चार सामग्री प्रदर्शन

मिडिया काउन्सिल विधेयक बिरुद्ध सञ्चार सामग्री प्रदर्शन




चिसाङ शेर्पा खोटाङ,

मिडिया काउन्सिल विधेयकको संसोधनको माग गदै खोटाङका पत्रकारहरुले सञ्चार सामग्री प्रदर्शन गरेका छन् । पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको अगुवाईमा जिल्लामा क्रियाशिल पत्रकारहरुले विधेयक संसोधन गर्नुपर्ने भन्दै सञ्चार सामग्री प्रदर्शन गरेका हुन् ।

सञ्चार सामग्री प्रदर्शन गरेर मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै खोटाङका पत्रकारहरु । तस्विर समायोजन खबर

‘मिडिया काउन्सिल विधेयक संसोधन गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’ भन्ने नाराका साथमा शुक्रबार दिक्तेलस्थित त्रिवेणीचोकमा क्यामेरा, ल्यापटप, रेकर्डर, डायरी, कलम, पत्रिका लगायतका सञ्चार सामग्री प्रदर्शन गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले जनाएको छ । एक घण्टा लामो प्रदर्शन कार्यक्रममा पत्रकार दिलीप खत्री, उजुर राई, डम्बरसिं राई, भिम राई र कृष्ण आचार्यले प्रतिनिधिसभामा दर्ता भएको मिडिया काउन्सिल विधेयकले लोकतन्त्रको आधारभुत मूल्यको रुपमा स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामै बाधा पुग्ने स्थिति देखिएको बताएका छन् ।
पत्रकारिता क्षेत्रमा जसले गलत गर्छ त्यसलाई कारवाही हुनुपर्ने तर, समग्र पत्रकारलाई एकै नजरले हेर्ने सरकारको प्रवृत्तिले पत्रकारलाई कस्दै, ठेगान लगाउन खोजिएको महासंघका अध्यक्ष दमन राईले बताए । पहिलो कुरा पत्रकारले गलत गर्न नहुने तथा पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताका निम्ति विधेयककोे विरुद्धमा उत्रनु नै पर्ने अध्यक्ष राईको भनाई छ । गलत गर्ने पत्रकारलाई खोजी खोजी कारवाही गरिनुपर्ने तर, सोलोडोलो सवैलाई एकै ठाउँमा राख्न नमिल्ने भन्दै मिडिया काउन्सिल विधेयक संसोधन गरिनुपर्ने पत्रकारहरुले माग राखेका छन् ।


गत बैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । ‘समाचार जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥र्याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने,’ विधेयकमा उल्लेख छ । प्रेस काउन्सिलले कारबाही गर्नुअघि एकपटक सम्बन्धित पक्षलाई स्पष्टीकरण लिने व्यवस्था पनि विधेयकले गरेको छ । यसअघि प्रेस काउन्सिल विधेयकमा पत्रकारलाई जरिवानाको व्यवस्था गरिएको थिएन ।

२०७६ जेठ ३ गते दिउँसो ४ : ३३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology