सार्वजनिक सुनुवाईमा निर्माण व्यवसायी नआउदा स्थानीय आक्रोशित

सार्वजनिक सुनुवाईमा निर्माण व्यवसायी नआउदा स्थानीय आक्रोशित




चिसाङ शेर्पा खोटाङ,
दिक्तेल–खोटाङबजार सडकखण्ड अन्तरगत तावा खोलामा बन्ने पक्की पुलको बारेमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा निर्माण व्यवसायी नै उपस्थित नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिम र दिपु्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्माको सिमाना तावा खोलामा पक्की पुल नहुंदा वर्षौदेखी शास्ती खेप्दै आएका स्थानीयहरु बल्ल पुल बन्ने भएपछि आयोजना गरिएको सार्वजनिक सुनुवाईमा पुलको ठेक्का पारेको निर्माण व्यवसायी उपस्थित नहुंदा स्थानीय, सरोकारवाला तथा जनप्रतिनिधिहरु आक्रोसित भएका हुन् ।


अब, त्यहाँ ४० मिटर लम्बाईको स्टिल प्लेट ग्रर्डर पुल बन्ने भएको छ । पूर्वाधार विकास कार्यालय उदयपुर र निर्माण व्यवसायीबिच २०७५ बैशाख २१ गते सम्झौता भएपछि बुधबार पुल निर्माण हुने बारेमा गरिएको सार्वजनिक सुनुवाईमा नेशनल महाविर र सिद्धि साई जेभि निर्माण सेवाका तर्फबाट प्रतिनिधि उपस्थिती नहुंदा दुई गाउँपालिकाका स्थानीय, जनप्रतिनिधिहरु निर्माण व्यवसायीसँग आक्रोसित भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । सम्झौता भएको वर्षदिन गुजारेर पूर्वाधार विकास कार्यालयले सार्वजनिक सुनुवाई गर्दा निर्माण व्यवसायीका तर्फबाट कोही पनि प्रतिनिधि उपस्थित नहुंदा पुल बन्ने विषयमा शंका पैदा भएको अध्यक्ष राईले बताए ।

 

स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग र प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४ करोड ५१ लाख ३५ हजार १९५ रुपैयाँ लागतमा बन्ने पुल २०७७ बैशाख २१ गते सम्पन्न हुनुपर्ने छ । सम्झौता भएर सार्वजनिक सुनुवाई गर्दा निर्माण व्यवसायीहरु जनता सामू आएर निर्धारित समयमा पुल बनाउने प्रतिबद्धता जनाउनुको सट्टामा उपस्थित नै नहुंदा स्थानीय जनताहरु आक्रोस र निराश भएका छन् । पम्प लिन इन्डिया आएकाले नभ्याएका कारण सार्वजनिक सुनुवाईमा जान नसकिएको र जनतासामू गएर भाषण गर्नुभन्दा काम गर्नु पहिलो विषय भएको नेशनल महाविर र सिद्धि साई जेभि निर्माण सेवाका प्रतिनिधि कर्ण खत्रीले बताए । दुईपटी पिल्लर र बिचमा फलाम राख्नुपर्ने भएकाले फलाम बनाउनका लागि कार्यालयले ड्रोइङ नदिएको र ड्रोइङ दिन निवेदन पेश गरेको उनले बताए ।


फलाम तयारीसँगै जेठभरीमा मात्तिमतर्फ पिल्लर बनाइ सकिने र असोज/कार्तिकमा टेम्मातर्फ पिल्लर बनाईने छ । फागुन/चैत्रमा फलाम जोडेर सम्झौता म्यादभित्र नै पुल निर्माण सकिनेमा कुनै शंका नभएको प्रतिनिधि खत्रीले बताएका छन् । साइड लिएको १५/२० दिनमा निर्माण व्यवसायीले पिल्लरका लागि एउटा खाल्डो बनाउने काम गरिरहेको छ । खोलामा पक्की पुल नहुंदा दुबै गाउँपालिकाका स्थानीयहरुलाई दैनिक जनजीबन चलाउन समस्या भइरहेको छ । खोलामा पुल नभएकै कारण सोही खोलाले एकवटा यात्रुवहाक बस बगाएको थियो ।
२०७६ जेठ ३ गते बिहान ७ :१६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology