चिसाङ शेर्पा खोटाङ,
नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दिक्तेल वितरण केन्द्रले अनलाईनबाट विधुत महशुल बुझाउने व्यवस्था मिलाएको छ । एक दिनको बाटो धाएर सदरमुकाम दिक्तेल आई विधुत महशुल बुझाउने ग्राहकहरुको समस्यालाई मध्यनजर गरेर प्राधिकरणले अनलाईन प्रविधिबाट घरैमा बसेर महशुल बुझाउन सकिने व्यवस्था गरेको हो ।
वर्षौदेखी विधुत महशुल बुझाउन झन्झटिलो र खर्चिलो भएको व्यापक जनगुनासो आएसँगै हलेसी र खोटाङबजारमा महशुल बुझाउने मोवाइल काउण्टर सञ्चालन गरेर महुशल बुझिरहेको प्राधिकरणले बुधबारदेखी अनलाईनबाट विधुत महशुल तिर्न सकिने व्यवस्था मिलाएको कार्यालय प्रमुख राम दिनेश राय यादवले बताए । अनलाईनबाट विधुत महशुल तिर्ने व्यवस्थाले ग्राहकको समय र पैसाको सदुपयोग हुनेछ । अनलाईन महशुल भुक्तानीसँगै विदेशबाट पनि विधुतको महशुल तिर्न र हेर्न सकिने कार्यालय प्रमुख यादवले बताए ।
ई–सेवा, नेपाल इन्भेष्टमेण्ट बैक, हिमालयन बैंक, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, पे–प्वाइन्ट, सिटी एक्सप्रेस र सिएफएस रेमिटको वेभसाईट तथा मोवाइल एप मार्फत विधुत महशुल तिर्न सकिने प्राधिकरणले जनाएको छ । सुरुवातमा ग्राहकलाई प्रविधि सम्बन्धि ज्ञान नहुने भएकाले ग्राहकका लागि कार्यालयको महशुल काउण्टरमा अनलाईनबाट महशुल भुक्तानी गर्ने जानकारी लेखिएको (फ्लेक्स प्रिन्ट)होर्डिङ बोर्ड राखिएको छ ।
२०७६ जेठ २ गते मध्यान्ह १ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology