हातमा कालोपट्टी बाँधेर पत्रकारद्धारा मिडिया काउन्सिल विधेयकको विरोध

हातमा कालोपट्टी बाँधेर पत्रकारद्धारा मिडिया काउन्सिल विधेयकको विरोध




समायोजन खबर खोटाङ,
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले ‘मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध’ विरोध जनाएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्र्तगत पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर त्यसको विरोध जनाएको हो ।

महासंघको अगुवाईमा बुधबार दिक्तेलको त्रिवेणीचोकमा एक कार्यक्रम गरी जिल्लामा क्रियाशिल पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर मिडिया काउन्सिल विधेयकको विरोध गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राईले बताए । कालोपट्टी बाँधेर त्रिवेणीचोकमा केही समय कार्यक्रम गरिएपछि विरोध स्वरुप पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए ।
महासंघकै केन्द्रीय कार्यक्रम अन्र्तगत जेठ ३ गते काठमाण्डौमा संसद वाहिर र जिल्लाको सदरमुकामहरुमा संचार साधनसहित बृहद प्रदर्शन कार्यक्रम रहेको छ । मंगलबार मात्रै नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पोखरेलमार्फत संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई मिडिया काउन्सिल विधेयक सच्याउन माग गर्दै ज्ञापन पत्र पठाएको थियो ।
गत बैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । ‘समाचार जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने,’ विधेयकमा उल्लेख छ । प्रेस काउन्सिलले कारबाही गर्नुअघि एकपटक सम्बन्धित पक्षलाई स्पष्टीकरण लिने व्यवस्था पनि विधेयकले गरेको छ । यसअघि प्रेस काउन्सिल विधेयकमा पत्रकारलाई जरिवानाको व्यवस्था गरिएको थिएन ।
२०७६ जेठ २ गते मध्यान्ह १ : १६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology